PahiloPost

May 21, 2026 | ७ जेठ २०८३

‘दि कर्मा’को पोस्टर रिलिजसँगै रिलिज टार्गेट



पहिलोपोस्ट

‘दि कर्मा’को पोस्टर रिलिजसँगै रिलिज टार्गेट

काठमाडौं: फिल्म ‘दि कर्मा’ले अफिसियल पोस्टर सार्वजनिकसँगै रिलिज टार्गेट तय गरेको छ। आउँदो माघ १७ गते फिल्म प्रदर्शनमा आउने भएको हो।

देवकुमार श्रेष्ठ निर्देशित फिल्मले नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनाहरुको कथा समेट्छ। फिल्मलाई रामेश्वर कार्कीले खिचेका हुन्। जय मिडिया म्यानेजमेन्ट र श्रीत मिडिया एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा बनेको ‘दि कर्मा'को कथा निर्माता जयराज राय स्वयंले लेखेका हुन्।

भारतका मोडल तथा कलाकार करण वर्मा र नेपाली कलाकार परमिता राणाको मुख्य अभिनय रहेको फिल्ममा अन्य कलाकारहरु नीता ढुंगाना, परमिता राज्यलक्ष्मी राणा, बुद्धी तामाङ, देवकुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापितलगायतका कलाकारहरुको अभिनय रहेको छ। ‘दि कर्मा’को पटकथा तथा संवाद सुशील पोखरेलको हो।

नेपाल रिलिजपछि विभिन्न देशमा फिल्म प्रदर्शन हुनेछ। हिमालयन बिजनेस ग्रुपले अष्ट्रेलियामा रिलीज, एभरेष्ट बिजनेश ग्रुपले दक्षिण कोरिया रिलीजको जिम्मा लिएको छ। त्यस्तै अन्य देशहरु जापान, हङकङ, थाईल्याण्ड, म्यानमार, मलेशिया, विभिन्न खाडी मुलुकहरुमा रिलीजपछि अमेरिका, बेलायत तथा यूरोपमा विभिन्न मुलुकहरुमा प्रदर्शन गरिने निर्माता श्रीदेवले बताए।

https://ssl.gstatic.com/ui/v1/icons/mail/images/cleardot.gif 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell