PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

एसिसी इमर्जिङ टिम्स एसिया कप : बंगलादेशसँग नेपाल ८ विकेटले पराजित



पहिलोपोस्ट

एसिसी इमर्जिङ टिम्स एसिया कप :  बंगलादेशसँग नेपाल ८ विकेटले पराजित

बंगलादेशमा जारी एसिसी इमर्जिङ टिम्स कपमा नेपाल बंगलादेशसँग ८ विकेटले पराजित पराजित भएको छ।

टस हारेर ब्याटिङमा उत्रिएको नेपालले फितलो ब्याटिङ गर्दै ४४ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १३८ रन बनाएको थियो।

१३९ रनको लक्ष्य पछ्याएको बंगलादेशले २४ ओभर सकिँदा २ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो।

बंगलादेशका लागि नजामुल शान्तोले सर्वाधिक अभिजित ५९ रन बनाए। त्यस्तै नइम शेखले ४५ रन बनाउँदा सौम्य सरकारले ११ रन बनाए। त्यस्तै यासिर अलि चौधरी १८ रनमा अभिजित रहे।

नेपालका लागि करण केसी र सुशन भारीले समान १/१ विकेट लिए।

यसअघि ब्याटिङ गरेको नेपालका लागि पहिलो विकेटका लागि ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलले ३३ रनको साझेदारी गरेका थिए।

नेपालका लागि कप्तान मल्लले २२ रन, कुशल भुर्तेलले १० रन बनाउँदा हङकङसँग उत्कृष्ट अर्धशतकीय पारी खेलेका शरद भेषवाकर १ रनमै पभेलियन फर्किए। त्यस्तै दीपेन्द्रसिंह ऐरी पनि ६ रन बनाउदै आउट भए भने मोहम्मद आरिफ शेख २० दशमलव ४ ओभरमा ११ रन बनाउँदै पभेलियन फर्किए। त्यसलगत्तै आएका सन्दीप जोराले रन जोडन सकेनन्। उनी २१ दशमलब ३ ओभरमा आउट हुन पुगे।

लगत्तै बिनोद भण्डारी पनि ८ रन बनाएर आउट भएसँगै नेपाल ८५ रन बनाएर ८ विकेट गुमाएको अवस्थामा थियो। त्यसपछि सोमपाल कामी र करण केसीले ५० रनको साझेदारी गरे। करण केसी १८ रन बनाउँदै आउट हुँदा सोमपाल कामीले सर्वाधिक ३८ रन बनाए। त्यस्तै सुशन भारी १ रनमा नटआउट रहे।

पहिलो खेलमा भारतसँग ७ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा हङकङलाई ४० रनले हराएको थियो।

आजको जितसँगै बङ्गलादेश समूह बिजेता बन्दै अर्को चरणमा प्रवेश गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell