PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

सीमा अतिक्रमणबारे परराष्ट्रविद्को सुझाव : सेना हटाएर वार्ता थालौँ



कुञ्जरमणि भट्टराई

सीमा अतिक्रमणबारे परराष्ट्रविद्को सुझाव : सेना हटाएर वार्ता थालौँ

काठमाडौं : परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले कालापानी क्षेत्रमा रहेका भारतीय सेना हटाएर मात्र वार्ता थाल्न सुझाएका छन्।

स्वतन्त्र विद्यार्थी युनियन आरआर क्याम्पस कमिटीले सीमा अतिक्रमणका विषयमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै श्रेष्ठले यस्तो सुझाव दिएका हुन्। सीमा अतिक्रमण गर्न राज्यको कमजोर उपस्थितिले पनि भारतलाई सहयोग पुगेको उनले बताए।

सरकारले कुटनीतिक पहल नगर्दा भारतलाई झनै बल मिलेको उनको भनाइ थियो।

उनले भने, 'सीमामा रहेका भारतीय सेनालाई हटाएर मात्र सरकारले वार्ता सुरु गर्नुपर्छ। प्रधानमन्त्री को बन्ने भन्ने विषय भन्दा पनि सीमामा रहेका सेनालाई कसरी हटाउने मूल सवाल हो।'

प्रधानमन्त्री ओलीले स्वास्थ्यका कारण भेट गर्न नसक्ने भए फोनबाट नै वार्ता गर्न उनले आग्रह गरे।

'नेपालको भूमि समेटेर तुरुन्तै नक्सा निकाल्नुपर्छ,' उनले भने।

श्रेष्ठले द्विपक्षीय, त्रीपक्षीय वार्ताबाट समस्या समाधान नभए यसलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने उनको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell