PahiloPost

May 21, 2026 | ७ जेठ २०८३

नम्रता पाण्डे र प्रद्युम्नराज पाण्डेका दुई कृति एकसाथ सार्वजनिक



पहिलोपोस्ट

नम्रता पाण्डे र प्रद्युम्नराज पाण्डेका दुई कृति एकसाथ सार्वजनिक

काठमाडौं : डाक्टर नम्रता पाण्डे र डाक्टर प्रद्युम्नराज पाण्डेका दुई नयाँ कृति एकसाथ सार्वजनिक भएका छन्। 'रहस्यः जीवन र प्रेम' तथा 'ऊर्जा' नाम दिइएका दुई कृति शताब्दी पुरुष सत्यमोहन जोशी र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार लोकार्पण गरे।

‘ऊर्जा’ मा समसामयिक एवं सामाजिक विषयवस्तुका ४७ निवन्ध समावेश छन्। 'रहस्यः जीवन र प्रेम' पुस्तकले जीवनमा प्रेमको महत्व दर्शाएको छ। प्रेमपूर्ण भावले मात्रै जीवनमा प्रगति सम्भव रहेकोतर्फ पुस्तक केन्द्रित छ।

दायित्व वाङ्मय प्रतिष्ठान नेपालका अध्यक्ष रामप्रसाद पन्तको अध्यक्षतामा भएको विमोचन कार्यक्रममा समालोचक एवं सर्जक डाक्टर राम प्रसाद ज्ञवालीले ‘ऊर्जा’ र डा. लेखप्रसाद निरौलाले ‘रहस्यः जीवन र प्रेम’ माथि समिक्षात्मक टिप्पणी गरेका थिए।

कृषिवीद प्रद्युम्नराज पाण्डे र स्वतन्त्र सामाजिक परामर्शदाता नम्रता पाण्डेका यसअघि आध्यात्मिक निवन्ध संग्रह 'आफ्नो किताब’ प्रकाशित भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell