PahiloPost

Apr 27, 2026 | १४ बैशाख २०८३

मन्त्री पदको चकलेटले मेरो राष्ट्रियता गल्नेवाला छैन : भीम रावल



कुञ्जरमणि भट्टराई

मन्त्री पदको चकलेटले मेरो राष्ट्रियता गल्नेवाला छैन : भीम रावल
फाइल फोटो

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का नेता भीम रावलले भारतीय सीमा विवाद टुंग्याउने उपयुक्त समय भएको बताएका छन्। स्वतन्त्र विद्यार्थी युनियन आरआर क्याम्पसले सीमा अतिक्रमणका विषयमा आयोजना गरेको अन्तरक्रियामा कालापानी क्षेत्रमा रहेको भारतीय सेना तत्काल हटाउनुपर्ने बताए। 

उनले यतिबेला प्रधानमन्त्री मन्त्री को बन्ला भन्ने बिषयभन्दा पनि सीमा रक्षा विषय महत्वपूर्ण रहेको उनले बताए। उनले आफूलाई मन्त्री बन्नु भन्दा पनि सीमा रक्षा, भारतीय सेना हटाउने, असमान सन्धि खारेज गर्ने, छिमेकीसँग बलियो भएर जाने विषय रुचिपूर्ण रहेको बताए। 

रावलले मन्त्री पदले आफनो राष्ट्रियता गल्न नदिने बताए। उनले भने, 'मन्त्री पदको चक्लेटले मेरो राष्ट्रियता गल्दैन।  राष्ट्रियताको पक्षमा मेरो बोली बन्द हुँदैन।' रावलले आफूलाई पहिला शिक्षा मन्त्रीको अफर आउँदा पनि अस्वीकार गरेको दाबी गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell