PahiloPost

Jun 15, 2025 | १ असार २०८२

सात हजारको चेकबाट ७० हजार निकाल्ने प्रहरी जवान निलम्बित



रासस

सात हजारको चेकबाट ७० हजार निकाल्ने प्रहरी जवान निलम्बित
प्रतीकात्मक तस्विर।

जलेश्वर : जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत एक प्रहरी जवान चेक कीर्ते गरी बैंकबाट बढी रकम निकालेको आरोपमा निलम्बनमा परेका छन्। जिल्ला प्रहरी कार्यालयमा तीन वर्षदेखि कार्यरत प्रहरी जवान राजेश द्विवेदी निलम्बनमा परेका हुन्।

उनलाई बैंकबाट रकम कीर्ते गरेको आरोपमा निलम्बन गरिएको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए। प्रहरी जवान द्विवेदीले बिहीवार सदरमुकाम जलेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक शाखामा आफ्नै नामको तीन हजार रुपैयाँको एउटा तथा चार हजार रुपैयाँको अर्को चेक सदर गरी पुनः तीन हजारको चेकलाई ३० हजार रुपैयाँ तथा चार हजारको चेकलाई ४० हजार रुपैयाँ लेखेर बैंकको काउण्टरबाट ७० हजार रुपैयाँ झिकेको बैंकका प्रबन्धक शिवशङ्कर यादवले बताए।

बैंकमा बिहीवार हिसाब नमिलेपछि सबै चेक जाँच गर्दा द्विवेदीले चेकमा केरमेट गरेको भेटिएपछि बैंक प्रबन्धक यादवले प्रहरी उपरीक्षक अधिकारीलाई जानकारी गराएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell