PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

ब्याज लिन गएका बुनिलाल हत्या प्रकरण : क्राइम सिन नेपालमा, हत्यारा भारततिर



राधेश्याम पटेल

ब्याज लिन गएका बुनिलाल हत्या प्रकरण : क्राइम सिन नेपालमा, हत्यारा भारततिर

वीरगंज : गत कात्तिक ७ गते वीरगंजमा हत्या भएको बुनिलाल चौरसियाको घटना सुल्झाउन पर्सा प्रहरीलाई तनाव भएको छ। क्राइम सिन नेपालमा भएपनि रातारात अपराधी भारत भागेपछि प्रहरीले हत्या काण्डका केही हत्यारालाई पक्राउ गर्न नसक्दा म्याद थपिँदै गएको छ।
घटनाको २५ दिनपछि अनुसन्धान जारी नै राखेको प्रहरीले जनाएको छ। वीरगंज महानगरका अग्निनियन्त्रक समेत रहेका वीरगंज–१६ नगवा निवासी बुनिलाल चौरसियाको हत्या वीरगंज–६ माईस्थानका व्यापारी दीपककिशोर अग्रवालको घर भित्र भएको थियो।

गहवामाईको मन्दिरको ठीक पूर्वमा सय मिटर दुरीमा रहेको उनको घरमा बुनिलाल अपरान्ह ५ बजे २९ मिनेटमा गएको र कात्तिक ८ गते विहान ४ बजेर ५८ मिनेटरमा मुनिलालको शव घरबाट निकालेर स्कुटीमा राखेर दीपक किशोरका छोराले नगवाको माई धिया पोखरीमा फालेको बताइएको छ।

उनको शव  नगवास्थित पोखरीको डिलमा बारोभित्र राखेर फ्याकेको अवस्थामा कात्तिक ८ गते दिउँसो मात्र बरामद भएको थियो।

हत्याको कारण के ?

दीपक किशोरकी पत्नी निधि अग्रवाल र बुनिलाल चौरसियाबीच २१ लाख रुपैयाँ लेनदेन भएको थियो। पति दीपकको मृगौला प्रत्यारोपण गर्न भारतमा उपचारका लागि एक वर्ष अघि निधिले ब्याजमा बुनिलालसँग २१ लाख रुपैयाँ कागज गरी लिएको बुनिलालको परिवारजनले बताएको छ। ‘निधिलाई मेरो श्रीमान भाउजु भन्नुहुन्थ्यो,पहिले पनि ३ लाखको एक पटक कारोबार भएको छ, त्यति बेला सवा र ब्याज फिर्ता गरी उपचारको लागि थप २१ लाख लिएकी छिन्,’ बुनिलालकी पत्नी फूलपति देवीले भनिन्, ‘ब्याजको पैसा लिन जाँदै छु भनी विहानै निस्केका थिए,घर नआएपछि विहान साढे ५ बजे निधिको घरमा पुगेकी थिए, ११ बजे पतिलाई मारिएको खबर सुने।’

पैसा पचाउन नै पतिलाई षडयन्त्रपूर्वक हिसावले विभत्स हत्या गरेको उनको आरोप छ। हत्यामा बुनिलालका बारा विश्रामपुर इटियाहीका प्रेमचन्द्र साहको पनि संलग्नता देखिएको प्रहरीले जनाएको छ। उनी पनि बुनिलालसँग २५ लाख रुपैया ऋण लिएका छन्।

बुनिलाल हत्या काण्डको अनुसन्धानका क्रममा सिसिटिभी क्यामेरामा कैद भएको भिडियो फुटेजलाई प्रहरीले बलियो प्रमाणका रुपमा लिएको छ। सिसिटिभीको फुटेजबाट हत्या भएको ठाउँ र व्यक्ति पहिचान भए पनि फरार अभियुक्त पक्राउ पर्न सकेका छैनन्।

कहाँ भागे सार्प सुटर ?

बुनिलालको हत्यामा प्रयोग भएको अपराधीहरु पेशेवर अपराधी भएको बुझिएको छ। निधिको घर झारखण्ड हो, त्यहीबाट अपराधी बोलाएर उनले यो हत्या काण्ड गराएको प्रहरीको अनुसन्धानले देखाएको विभिन्न सञ्चार माध्यमलाई बताइएको छ। पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले भने, ‘घटना पूर्ण रुपमा अनुसन्धान भइ नसकेको अवस्थामा अहिले धेरै बोल्न मिल्दैन, तर तीन जना पक्राउ परिसकेका छन्, केहीलाई पक्राउ गर्न प्रहरी लागि परेको छ।’

कहाँबाट आयो बुनिलालसँग लाखौलाख?

बुनिलाल ब्याजमा पाउने ३ लाख र घरको २९ लाख लिएर लक्ष्मी फाइनान्सको ऋण चुक्ता गर्न घरबाट निस्केको निजकी पत्नी फुलपतिले बताइन्। त्यति बेला बुनिलालसँग ५ भरीको सुनको ब्रासलेट, सिक्री, औठी गरी करिब १० भरीको सुनको गहना लगाएका पनि थिए। तर उनको शवमा कुनै गहना नभेटेको प्रहरीले जनाएको छ।

बुनिलाल वीरगंज बारूणयन्त्रमा फायरमेनमा जागिरे थिए। तर केही वर्षयता उनको जग्गाको कारोबारबाट व्यापक आर्थिक प्रगति भएको थियो। जग्गाको कारोवार, ढुकुटी खेलाउने काममा चौरसियाको आम्दानी बढेको बताइन्छ। ब्याजमा रकम कारोबार गर्ने उनी हार्डवेयर पसल पनि चलाउँथे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell