PahiloPost

Jul 22, 2025 | ७ साउन २०८२

अर्जेन्टिना र उरुग्वे बराबरीमा रोकिए



पहिलोपोस्ट

अर्जेन्टिना र उरुग्वे बराबरीमा रोकिए
तस्बिर: बिबिसी

गएराति भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिना र उरुग्वे बराबरीमा रोकिएका छन्। लियोनल मेस्सीले अन्तिम समयमा गोल गर्दा खेल २–२ को बराबरीमा रोकिएको हो।

अर्जेन्टिनाका लागि सर्जियो अग्युरो र लियोनल मेस्सीले गोल गर्दा उरुग्वेका लागि इडिन्सन काभानी र लुइस स्वारेजले गोल गरे।

खेलको ३८ औं मिनेटमा काभानीले गोल गरेसँग उरुग्वेले अग्रता बनाएको थियो। पहिलो हाफमा १–० ले अघि रहेको उरुग्वेलाई बराबरीमा ल्याउन अग्युरोले ६३ औं मिनेटमा गोल गरे।  तर, ६८ औं मिनेटमा फेरि स्वारेजले गोल गर्दा उरुग्वेले अग्रता लियो।

हार नजिक पुगेको अर्जेन्टिनाका लागि खेलको अन्तिम मिनेटमा मेस्सीले पेनाल्टी मार्फत गोल गर्दा खेल बराबरीमा रोकिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell