PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

नेपाल र भारतबाट दोहोरो नागरिकता लिने एक जना प्रहरीको नियन्त्रणमा



राधेश्याम पटेल

नेपाल र भारतबाट दोहोरो नागरिकता लिने एक जना प्रहरीको नियन्त्रणमा

वीरगंज : नेपाल र भारतबाट दोहोरो नागरिकता लिने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। बाराको महागढिमाई नगरपालिका वडा नम्बर ३ का डा वीरेन्द्र प्रसाद कलवारलाई दोहोरो नागरिकता लिएको अभियोगमा प्रहरीले पक्राउ गरेको हो।

सोही ठाउँका मोहन प्रसाद जैसवालले दिएको उजुरीको आधारमा डा कलवारलाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ। कलवार भारतीय नागरिक रहेको र गलत तरीकाले झुठो कागजात पेश गरि नेपाली नागरिकता लिएको आरोप छ। उनले गंजभवानीपुरमा करिव डेढ दशकदेखि औषधि पसल सञ्चालन गर्दै आएका थिए।

पक्राउ परेका कलवारलाई आज बारा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रंजित सिंह राठौरले जानकारी दिए।

त्यसैगरी बारा प्रहरीले ३५ लाख नेपाली रुपैयाँसहित एक जनालाई सिम्रणगढबाट पक्राउ गरेको छ। यस विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक राठौरले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell