PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

फिनल्याण्डका परराष्ट्रमन्त्रीलाई सगरमाथा संवादमा सहभागी हुन निम्तो



रासस

फिनल्याण्डका परराष्ट्रमन्त्रीलाई सगरमाथा संवादमा सहभागी हुन निम्तो
Photo: Green Party

काठमाडौं : युरोप भ्रमणमा रहेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र फिनल्यान्डका परराष्ट्रमन्त्री पेक्का हाभिस्तोबीच फिनल्यान्डमा भेटवार्ता भएको छ।

मन्त्री पोखरेलले नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीका तर्फबाट यहाँ आयोजना हुने सगरमाथा संवाद २०२० का लागि फिनल्याण्डका मन्त्रीलाई निमन्त्रणा हस्तान्तरण गरे। सो अवसरमा दुवै मन्त्रीबीच शिक्षा क्षेत्रमा नेपाललाई नमूनायोग्य बनाउनका लागि सहकार्य गर्ने विषयमा छलफल भएको भेटमा सहभागी मन्त्री पोखरेलका निजी सचिव विनोद न्यौपानेले जानकारी दिए।

सो अवसरमा नेपालका लागि फिनल्याण्डका राजदूत पेर्ती अन्टिएन, मन्त्रालयका उपसचिव ध्रुवराज रेग्मी, तामाङ सोसाइटीका अध्यक्ष टासी तामाङलगायत सहभागी थिए। मन्त्री पोखरेल फ्रान्सको पेरिसमा भएको युनेस्कोको ४० औँ महासभा बैठकमा भाग लिई फिनल्याण्ड भ्रमणमा निस्किएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell