
काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले ने क पा नेतृत्वको सरकारको २१ महिनामा गर्न नसेको २१ बुँदे कामको टिप्पणी गरेको छ। पार्टी केन्द्रीय कार्यालयमा मंगलवार पत्रकार सम्मेलन गर्दै कांग्रेसले उपनिर्वाचनको प्रचारप्रसार स्वरुप एउटा पुस्तिका सार्वजनिक गरेको छ।
कार्यक्रममा कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले वर्तमान सरकारले युवाहरुलाई बेल्चा थमाएर रोजगारी दिएको भन्ने भ्रम फैलाएको बताए। रोजगारीकै सन्दर्भमा नेपाली कांग्रेसले काम गर्ने वातावरण नदिएर युवा विदेशीनु पर्यो भन्ने भ्रम हटाउन आग्रह गरे। बाध्यताका कारण युवाहरुलाई तत्कालीन अवस्थामा वैदेशिक रोजगारीमा पठाउनु परेको उनको भनाइ छ।
उनले भने, 'माओवादीले युवाको हातमा बन्दुक थमाउँदै गर्दा कांग्रेसले पासपोर्ट थमायो, तर कांग्रेसले कुनै गल्ती गरेन्।'
उनले बिपी कोइरालाले जेलबाट छुटेर क्यान्सरको उपचार गर्न विदेश जानका लागि पासपोर्ट चाहियो भन्दै दरबारमा जाँदा चालचलन ठीक नभएको भन्दै पासपोर्ट नदिइएको स्मरण गरे। उनले खाडी मुलुकमा बसेर युवाहरुले पठाएको रेमिट्यान्सले देश धानिरहेको बताए। सात समुन्द्र पारी रोजगारी गरेरै भएपनि देशलाई योग्दान पुगेको बताए। तर, रेमिट्यान्समा गौरव गरेर देश संमृद्ध नबन्ने स्वीकार पनि गरे।
'रेमिट्यान्समा गौरव गरेर मुलुक सम्मृद्ध बन्न सक्दैन्। तर तत्कालीन अवस्थामा रोजगारी दिने बाध्यताको ढोका खोल्दा हजारौं युवाको जीवन बनेको छ। हिंसामा मूलुक ढल्यो, भूकम्पमा ढल्यो, भारतको नाकाबन्दीमा पनि तर त्यही रेमिटेन्सले उठ्यो,' उनले भने।
कांग्रेसले गरेको टिप्पणीको पूर्णपाठ