PahiloPost

Jul 22, 2025 | ७ साउन २०८२

अघिल्लो खेलमा कुवेतसँग ०-७ ले पराजित नेपालले आज ०-१ मा बेहोर्‍यो हार



पहिलोपोस्ट

अघिल्लो खेलमा कुवेतसँग ०-७ ले पराजित नेपालले आज ०-१ मा बेहोर्‍यो हार
तस्बिर: कुवेत फुटबल

काठमाडौं : नेपालले आज विश्वकप छनोट अन्तर्गतको 'होम गेम'मा नेपाल कुवेतसँग १–० ले पराजित भएको छ।

खेल भुटानको चाङलिमिथाङ स्टेडियममा भएको खेलमा पहिलो हाफमा ब्यहोरेको गोल खेलमा निर्णायक बन्दा नेपाल १–० पराजित बन्न पुग्यो। खेलको २८ औं मिनेटमा गोल गर्दै कुवेतका बदेर अल मुटुवाले अग्रता दिलाएका थिए।

 दोस्रो हाफमा भने नेपाल केही आक्रामक देखिएको थियो। नेपालले गोलका अवसरहरु पनि सिर्जना गरेको थियो।

दशरथ रंगशाला निर्माण भइनसकेकाले नेपालको 'होम गेम' भुटानमा सरेको थियो।

फिफा वरीयतामा नेपाल भन्दा अगाडि रहेको कुवेतले सुरुबाटै खेलमा दवाव बनाएको थियो। नेपालले पनि खेलमा गोलको मौका बनाउन सके पनि त्यसलाई सदुपयोग गर्न सकेन।

कतार विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ चीनको दोस्रो चरणको छनोटमा नेपाल समूह 'बी' मा छ। नेपालले समूह 'बी' मा सबै 'अवे गेम' खेलिसकेको छ। र, 'होम गेम' दशरथ रंगशाला गराउने तय भएको भएपनि रंगशाल पुननिर्माण भइनसकेको अवस्थानमा भुटानमा खेल भएको हो।

एएफसीको निर्देशनपछि एन्फाले नेपालको 'होम गेम' भुटानमा हुनुपर्ने प्रस्ताव गरेको थियो। एन्फाको प्रस्तावलाई कुवेतको लविङको बावजुत एएफसीले स्वीकृत गरेको थियो।

नेपाल रहेको समूहमा ४ खेल खेलको अस्ट्रेलिया शतप्रतिशत जित निकाल्दै १२ अंक सहित तालिकाको शीर्ष स्थानमा छ। ५ खेलमा ३ जित १ बराबरी र १ हार ब्यहोरेको कुवेत दोस्रो स्थानमा छ। त्यस्तै ४ खेलमा २ जित १ बराबरी र १ हार ब्यहोरेका समान जोर्डन तेस्रो स्थानमा छ।

नेपाल भने ५ खेलमा १ जित र ४ हार ब्यहोरेको तालिकाको चौथो स्थानमा छ। त्यस्तै ४ खेल खेलेर जितबिहीन चाइनिज ताइपेइ तालिकाको पुछारमा छ।

समूह 'बी' शीर्ष २ मा अटाउन कुवेत, अस्ट्रेलिया र जोर्डनको उच्च प्रतिस्पर्धा छ। त्यसमा पनि समान अंक जोडेका कुवेत र जोर्डनको प्रतिस्पर्धा अझ धेरै छ। अत: कुवेतका लागि नेपालसँगको खेल धेरै महत्वपुर्ण छ।

यसअघिको खेलमा नेपाल कुवेतसँग ७–० ले पराजित भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell