PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

मधेशी जनतासँग म 'डिप लभ'मै छु, डिभोर्स भएको छैन : प्रचण्ड



पहिलोपोस्ट

मधेशी जनतासँग म 'डिप लभ'मै छु, डिभोर्स भएको छैन : प्रचण्ड
फाइल फोटो।

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले मधेशी जनतासँग आफ्नो सम्बन्ध सुमधुर रहेको दाबी गरेका छन्। मंगलवार नवलपरासीमा आयोजित एक कार्यक्रममा प्रचण्डले मधेशी जनतासँग आफ्नो 'डिभोर्स' नभएर गहिरो माया बसेको बताए।

उनले भने, 'मधेशीसँग मैले डिभोर्स गरेकै छैन। डिभोर्स गर्नेवाला पनि छैन। तर मैले डिभोर्स गरेको भन्ने तपाईहरुलाई कसरी लाग्यो? तपाईहरुले मसँग डिभोर्स गर्न खोजेको हो र?'

उनले संविधान निर्माणको बेलामा मधेशी, आदिवासी, जनजाती, दलित तथा मुस्लिमको सहभागिता जति हुनुपर्ने हो त्यति हुन सकेन भनेर नोट अप डिसेन्ट दर्ता गर्ने नेता आफू मात्रै भएको उनले दाबी गर्दै डिभोर्स हुन नसक्ने बताए।

प्रचण्डले संविधान घोषणापछि निर्वाचनमा मधेशी जनतालाई विश्वासमा लिनका लागि र मधेशी जनताको सहभागिता गराउन सबैभन्दा धेरै मेहनत आफैले गरेको पनि सुनाए।

उनले भने, 'पहाडमा भन्दा बढी मत मधेशमा खस्यो। प्रधानमन्त्रीको हैसियतले सबैभन्दा धेरै मेहनत मधेशमा गरेको थिएँ। मेरो मेहनतलाई मधेसले सकारात्मक जवाफ दियो। यो मधेशी जनतासँगको प्रेमकै परिणाम थियो।'

त्यस्तै उनले दुई पटक संविधान संशोधनको प्रस्ताव दर्ता गरेको स्मरण गर्दै प्रश्न गरे, 'अनि मलाई डिभोर्स गरेको आरोप लाग्छ त?'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell