PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

विद्युत् चुहावट गर्ने १४ जना पक्राउ



रासस

विद्युत् चुहावट गर्ने १४ जना पक्राउ

जलेश्वर : नेपाल विद्युत प्राधिकरण शाखा वितरण केन्द्र जलेश्वर महोत्तरीले विद्युत् चुहावट गर्ने १४ जनालाई पक्राउ गरेको छ। जिल्लामा बढी रहेको विद्युत् चुहावट नियन्त्रण अभियानअन्तर्गत उनीहरुलाई पक्राउ गरिएको प्राधिकरणको जलेश्वर शाखाले जनाएको छ।

विद्युत् कार्यालयको चुहावट नियन्त्रण अभियान टोलीले नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीको सहयोगमा १४ जनालाई पक्राउ गरिएको बताएको छ। टोलीले तीन थान पानी तान्ने मोटर, एलइडी टिभी एक थान, रेफ्रिजरेटर एक थान र तार १५० मिटरसमेत बरामद गरेको जनाइएको छ। विद्युत् चुहावट गर्दागर्दै पक्राउ परेकालाई जरिवाना गरी छाडिने विद्युत् प्राधिकरण शाखा वितरण केन्द्र जलेश्वरले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell