PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

मन्त्रिपरिषद् हेरफेरको जानकारी दिँदै प्रधानमन्त्रीले मन्त्रीहरुलाई भने, ‘औपचारिक कार्यक्रम नराख्नू’



पहिलोपोस्ट

मन्त्रिपरिषद् हेरफेरको जानकारी दिँदै प्रधानमन्त्रीले मन्त्रीहरुलाई भने, ‘औपचारिक कार्यक्रम नराख्नू’
फाइल फोटो

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठनबारे औपचारिक रुपमा मन्त्रीहरुलाई जानकारी गराएका छन्। मंगलबार साँझ प्रधानमन्त्री निवासमा बसेको बैठकमा प्रधानमन्त्री ओलीले बुधबार कुनै औपचारिक कार्यक्रम नराख्न पनि मन्त्रीहरुलाई सुझाव दिएको एक मन्त्रीले बताए। 

हेरफेरको चर्चा भइरहे पनि औपचारिक रुपमा प्रधानमन्त्रीले मन्त्रीलाई बैठकमा पहिलोपटक जानकारी गराएका हुन्। को को मन्त्री फेरिन्छन् टुंगो लागिसकेको भने छैन।  बैठकमा मन्त्रीद्वय चक्रपाणि खनाल र मातृका यादव भने अनुपस्थित थिए। 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीभित्र कार्य सममीक्षाका आधारमा मन्त्री फेर्ने चर्चा भइरहे पनि टुंगो लागेको छैन। बुधबार बिहान ९ बजे नै नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को सचिवालय बैठक पनि बोलाइएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell