PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

वडाध्यक्ष साह २१ हजार घुससहित पक्राउ



रासस

वडाध्यक्ष साह २१ हजार घुससहित पक्राउ

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोरङको जहदा गाउँपालिका १ का वडाध्यक्ष उमेशकुमार साहलाई घुस लिएको अभियोगमा पक्राउ गरेको छ। साह २१ हजार रुपैयाँ घुस लिएको अभियोगमा पक्राउ परेका हुन्।

ग्राभेल सडक निर्माण सम्झौता गरी कार्यान्वयनलगायतमा सहजीकरण गरिदिने भन्दै साहले २१ हजार घुस मागेको अभियोग छ। आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार घुस लिँदै गरेको अवस्थामा वडा नम्बर १ को बुधनगरस्थित कार्यालयबाट उनलाई आज पक्राउ गरिएको हो।

आरोपी साहको अनुसन्धान भइरहेको आयोगले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell