PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

अर्काको नाममा लाइसेन्सको ट्रायल दिने तीन नक्कली परीक्षार्थी प्रहरीको नियन्त्रणमा



रासस

अर्काको नाममा लाइसेन्सको ट्रायल दिने तीन नक्कली परीक्षार्थी प्रहरीको नियन्त्रणमा
प्रतीकात्मक तस्विर।

काठमाडौं : ट्राफिक प्रहरीले अर्काको नाममा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि ट्रायल दिने तीन नक्कली प्रशिक्षार्थीलाई पक्राउ गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको टोलीले उपत्यकाका विभिन्न ट्रायल सेन्टरमा अर्काको नाममा मोटरसाइकलको लाइसेन्सको ट्रायल दिन आएका तीन जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा गुल्मीका रेशम बस्नेत, पर्साका सुमन भन्ने जयराम श्रेष्ठ र कैलालीका कर्णबहादुर विक रहेका छन्। पक्राउ परेका बस्नेतले गुल्मीका थमन बस्नेत, श्रेष्ठले रामेछापका रमेश थापा र विकले लमजुङका चन्द्रबहादुर गुरुङको लाइसेन्सका लागि ट्रायल दिन आएका थिए।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले भक्तपुर, सुकेधारा र एकान्तकुना ट्रायल सेन्टरबाट उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए। पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell