PahiloPost

May 21, 2026 | ७ जेठ २०८३

मन्त्रिमण्डल पुनर्गठनका तयारी : शीर्ष नेता परामर्शमा, नेकपा सचिवालय बैठक बस्दै 



पहिलोपोस्ट

मन्त्रिमण्डल पुनर्गठनका तयारी : शीर्ष नेता परामर्शमा, नेकपा सचिवालय बैठक बस्दै 

काठमाडौँ : मन्त्रिपरिषद् हेरफेरको तयारीलाई लिएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्दैछ। बिहान ९ बजे बोलाइएको बैठक १२ बजे सारिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिमण्डल पुनर्गठनको तयारी गरेका छन्। प्रधानमन्त्री ओलीले मंगलबारको मन्त्रिपरिषद् बैठकमा हेरफेरको जानकारी पनि दिइसकेका छन्।

सचिवालय बैठकअघि प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष प्रचण्डबीच अनौपचारिक परामर्श हुनेछ। नेकपा स्रोतका अनुसार प्रधानमन्त्रीले ओली तयार पारेको हटाइने र थप गर्ने मन्त्रीको सूचीबारे परामर्श हुनेछ। शीर्ष नेताबीचको परामर्शपछि सचिवालयले प्रधानमन्त्रीलाई हेरफेरको अधिकार दिनेछ। 

नेकपा स्रोतहरुका पूर्व एमालेबाट मन्त्री बनेका लालबाबु पण्डित, थममाया थापा, जगत विश्वकर्मा, रघुवीर महासेठलाई हटाउने तयारी प्रधानमन्त्रीको छ। श्रम मन्त्री गोकर्ण विष्टलाई हटाइने वा मन्त्रालय हेरफेर हुन सक्ने एक नेताको दाबी छ। 

यस्तै, पूर्व माओवादी केन्द्रको कोटाबाट मन्त्री बनेका मातृका यादव र चक्रपाणि खनाल हटाइने सूचीमा रहेको बताइन्छ। खानेपानीमन्त्री बिना मगर तथा गृहमन्त्री रामबहादुर थापाको नाममा परामर्श जारी रहेको स्रोतको दाबी छ। 

सचिवालय बैठकबाट अनुमति पाएमा ओलीले आजै मन्त्रिमण्डल पुनर्गठन गर्नेछन्। अपराह्न ४ बजे शपथको सम्भावित समय तोकिएको छ। तर, राष्ट्रपति कार्यालयमा औपचारिक रुपमा जानकारी पठाइएको छैन। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell