PahiloPost

Jul 22, 2025 | ७ साउन २०८२

राष्ट्रपति कार्यालयमा औपचारिक जानकारी छैन, सपथका लागि जतिखेर पनि तयारी अवस्था



पहिलोपोस्ट

राष्ट्रपति कार्यालयमा औपचारिक जानकारी छैन, सपथका लागि जतिखेर पनि तयारी अवस्था

काठमाडौं : मन्त्रीहरु हेरफेर गर्ने विषयलाई अन्तिम रुप दिन आज बिहानैदेखि प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) छलफलमा जुटेका थिए। दुवै नेताबीच सहमति भएपछि उनीहरु सितल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डरीसँग परामर्श गरेका थिए।

हिजो नै मन्त्रीहरुलाई जिम्मेवारीमुक्ति दिइने तथा जिम्मेवारी हेरफेर गरिने बताइसकेका थिए प्रधानमन्त्री ओलीले। आज १ बजेबाट बालुवाटारमा सुरु भएको नेकपाको सचिवालय बैठकमा छलफलपछि आजै मन्त्रीहरुको टुंगो लाग्ने छ। स्रोतका अनुसार आजै थपिने मन्त्रीहरुले सपथ ग्रहण गर्नेछन् भने बहिर्गमनमा पर्नेहरुको सूची पनि केही बेरमा तय हुनेछ।

राष्ट्रपति कार्यालयलाई अनौपचारिक रुपमा सपथको तयारीका लागि प्रम ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले गराइसकेका छन्। तर, राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता एवम् उप-सचिव केशवप्रसाद घिमिरेले सपथबारे ‌औपचारिक जानकारी नआएको बताए।

तर, मन्त्रीले सपथ खाने जानकारी आएमा जतिखेर पनि सपथ खुवाउन कार्यालय तयार भएको उनले जानकारी दिए।

'‍औपचारिक जानकारी आउने बित्तिकै हामी जतिखेर पनि सपथ खुवाउने तयारीमा छौं। हामीलाई ४ बजे भने ४ बजे, ५ बजे भने ५ बजे र ११ बजे भने ११ बजे पनि सपथ खुवाउने तयारीमा छौं,' घिमिरेले पहिलोपोस्टसँग भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell