PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

पार्टीको जिम्मेवारी प्रचण्डलाई, ५ वर्ष सरकारको नेतृत्व ओलीलाई नै : सचिवालय बैठकले तोक्यो जिम्मेवारी



कुञ्जरमणि भट्टराई

पार्टीको जिम्मेवारी प्रचण्डलाई, ५ वर्ष सरकारको नेतृत्व ओलीलाई नै : सचिवालय बैठकले तोक्यो जिम्मेवारी

काठमाडौं : दुई अध्यक्षको कार्य विभाजन गर्दै आज बसेको नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक सम्पन्न भएको छ। बैठकले पार्टीभित्र रहेको बरीयता यथावत रहने गरी प्रधानमन्त्रीले सरकारको जिम्मेबारी र अर्का अध्यक्ष पुष्पकमल दाहालले पार्टीको जिम्मेबारी सम्हाल्ने निर्णय भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

पार्टीको बैठक दुवै अध्यक्ष सहभागी भएर हुने भए पनि अध्यक्षता भने प्रचण्डको हुने तय भएको छ। अहिलेको प्रतिनिधिसभा भरि प्रधानमन्त्री ओलीले नै सरकारको नेतृत्व गरिरहेने पनि सहमति भएको श्रेष्ठले बैठकपछि जानकारी दिए।

मन्त्रीहरु हेरफेरको विषय पनि आजको कार्यसूचीमा रहेको थियो। श्रेष्ठले मन्त्रीहरु छिट्टै हेरफेर हुने त बताए तर कुनै मिति भने सार्वजनिक गरेनन्।

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण हुँदा आधा आधा समय प्रधानमन्त्री पद भागवण्डाको सहमति भएको थियो। यसै विषयलाई लिएर प्रचण्ड र ओलीबीच बेलाबेलामा चर्का टिप्पणीहरु पनि हुँदै आएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell