PahiloPost

May 11, 2024 | २९ बैशाख २०८१

रात्रिक्लबमा जब पूर्वराजाले केकी अधिकारीलाई भने, 'मैले तपाईको फिल्म हेर्ने गरेको छु'



मन्दिरा खत्री

रात्रिक्लबमा जब पूर्वराजाले केकी अधिकारीलाई भने, 'मैले तपाईको फिल्म हेर्ने गरेको छु'
फोटो : एलओडी।

काठमाडौं : शनिवार पूर्वराजा ज्ञानेन्द्र शाहले 'रातो र चन्द्र सूर्य' बोलको गीतमा नाच्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भयो। उनले ठमेलस्थित 'लर्ड अफ द ड्रिंक्स (एलओडी)' मा नाच्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।

पूर्वराजा ज्ञानेन्द्रसँगै पूर्वयुवराज्ञी हिमानी शाह पनि क्लबमा पुगेकी थिइन्। त्यही दिन नायिका केकी अधिकारी, रिमा विश्वकर्मा, पूजा शर्मालगायत अभिनेत्रीहरु पनि त्यहाँ देखिए। त्यतिमात्रै होइन उनीहरुले पूर्वराजा ज्ञानेन्द्रसँग सेल्फी खिच्न पनि भ्याए।

केकी र रिमाले राजपरिवारसँग खिचेको सेल्फीले सामाजिक सञ्जालमा चर्चा पनि पायो। त्यसो त पूर्वराजपरिवारसँगै शनिवार रिमा, केकी र पूजा पनि नेपाली मिडियाको हेडलाइन बने।

उनै अभिनेत्रीहरुले पहिलोपटक पूर्वराजासँग भेटेर केही बेर प्रत्यक्ष कुराकानी समेत गरेका थिए। पूर्वराजपरिवारसँग भेटेर पहिलोपटक प्रत्यक्ष कुराकानी गरेकी थिइन् केकी अधिकारीले पनि।

एक सातापछि रियालिटी शो कमेडी च्यम्पियनको प्रिमियर सुरु हुने भएकोले मिटिङको लागि कमेडी च्याम्पियनको टिमसँग एलओडी पुगेको केकीले पहिलोपोस्टसँग बताइन्।

केकीले भनिन्, 'एक सातापछि कमेडी च्याम्पियनको प्रिमियर हुने भएकोले हामी मिटिङको लागि क्लब पुगेका थियौ। १ घन्टा लामो मिटिङ सकिनु करिब दश पन्ध्र मिनेटअघि मात्र पूर्वराजा ज्ञानेन्द्र आउने भनेर एलओडीमा अनाउन्समेन्ट भयो। अब आएको बेला भेटेर नै जाउ न त भनेर हाम्रो टिम पूर्वराजपरिवारलाई कुरेर बस्यौं।'

 

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A night to remember 💗

A post shared by Keki Adhikari (@kekiadhikari) on

नायिका अधिकारीले पूर्वराजाको सामान्य जीवनशैलीबाट आफू प्रभावित भएको बताइन्।

'अनि एक जना मानिसले पूर्वराजालाई उहाँहरु देशको कलाकार भनेर चिनाइ दिनुभयो। त्यसपछि केकीजी मैले तपाईको फिल्म हेर्ने गरेको छु र हिजोआज के गर्दै हुनुहुन्छ भनेर सोध्नु भयो', उनले भनिन्,'मैले कमेडी च्याम्पियन नामक एउटा रियालिटी शो गर्दैछु भनेपछि उहाँले मलाई कमेडी च्याम्पियनको लागि पनि शुभकामना दिनुभयो। अनि हामीले ग्रुप फोटो पनि खिच्यौ। उहाँहरु क्लबमा करिब एक घण्टा बस्नु भयो होला। हामी पनि बस्यौं। उहाँहरु आम मानिस जसरी सबै जनतासँग खुलेर बोलिरहनु भएको थियो।'

 

पूर्वराजपरिवारसँग खिचेको तस्विर त्यति चर्चामा आउँछ भनेर आफूले नसोचेको समेत केकीले खुलाइन्।

'त्यो तस्विरको त्यति धेरै चर्चा हुन्छ होला भनेर मैले सोचेको पनि थिइन्। हामी सेलिब्रेटी भएर सबै जनासँग घुलमिल हुन डराँउछौ। पब्लिक फिगर भएकै कारणले। तर उहाँहरु खुलेआम रमाइलो गरिरहनु भएको थियो,' केकीले भनिन्।

त्यस्तै अभिनेत्री रिमा विश्वकर्माले पनि क्लबमा पहिलोपटक पूर्वराजपरिवारसँग भेट्दाको क्षण सुनाइन्।

उनले भनिन्, 'खासमा हामीलाई शनिवार क्लबमा पूर्वराजपरिवार आँउदै हुनुहुन्छ भनेर थाहा थिएन। त्यो दिन संयोगले हामी पनि कमेडी च्यापियनको टिम सबै भेट्नु पर्ने भएकोले त्यहि क्लबमा पुग्यौं। हाम्रो टिम त्यहाँ पुगेको केही समयपछि राजपरिवार पनि एलओडीमा आँउदै हुनुहुन्छ हामीले थाहा पायौं। त्यसपछि उहाँहरुसँग भेट्ने इच्छाले उहाँहरुलाई कुरेर बस्यौं। पूर्वराजपरिवारसँग कुराकानी गर्यौ, नाचगान गर्‍यौ र ग्रुप तस्विर पनि खिच्यौं।' 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell