PahiloPost

May 21, 2026 | ७ जेठ २०८३

उच्च अदालतमा १५ जना न्यायाधीश नियुक्त



पहिलोपोस्ट

उच्च अदालतमा १५ जना न्यायाधीश नियुक्त

काठमाडौं : उच्च अदालतमा १५ जना न्यायाधीशमा नियुक्त भएका छन्।

आज बसेको न्यायपरिषद्को बैठकले १५ जना न्यायाधीशको नियुक्त गर्ने निर्णय गरेको हो। बैठकले जिल्ला अदालतका न्यायाधीशको बढुवा तथा कानुन व्यवसायी र  सरकारी वकिल कार्यालयका न्यायाधीशलाई नियुक्ति गरेको हो।

जिल्ला न्यायाधीशबाट किरणकुमार पोखरेल, मुरारीबाबु श्रेष्ठ, सुदर्शनराज पाण्डे, दीपेन्द्र अधिकारी, रमेशराज पोखरेल, नरिश्वर भण्डारी उच्च अदालतको न्यायाधीशमा बढुवा भएका हुन्।

सरकारी वकिलका तर्फबाट गीताप्रसाद तिमल्सिना उच्च अदालतको न्यायाधीशमा नियुक्त भएका छन्। कानुन व्यवसायीका तर्फबाट मिलन कुमार राई, राजकुमार सिलवाल, मेरिना श्रेष्ठ, मीना गौतम सेढाई र सोमकान्त मैनाली न्यायाधीशमा नियुक्त भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell