PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु



रासस

ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

पोखरा : कास्कीको माछापुच्छ्रे गाउँपालिका-३ मर्दीखोलामा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

मर्दी खोलाबाट घाचोकतर्फ जाँदै गरेको ग १ त ३४७३ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा पर्सा घर भई घाचोक बस्दै आएका सोही ट्र्याक्टरका चालक ४७ वर्षीय नरेन्द्र सिंह बस्नेतको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ।

प्रहरीका अनुसार सडकबाट ५० मिटर तल खसेको ट्र्याक्टरले च्यापिएका बस्नेतको घटनास्थलमा मृत्यु भएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell