PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

इन्धन चोरीको घटनामा समितिले थाल्यो छानबिन



रासस

इन्धन चोरीको घटनामा समितिले थाल्यो छानबिन

विराटनगर : नेपाल आयल निगम १ नम्बर प्रादेशिक कार्यालयका लागि आइरहेको डिजेल बाटोबाटै चोरी भएपछि सो विषयमा छानबिन शुरु गरिएको छ।

नेपाल आयल निगमको अमलेखगञ्जबाट गत आइतवार विराटनगर निगमका लागि ५१ वटा ट्यांकरमा डिजेल लोड गरी आइरहेको मध्येबाट ना ४ ख ४१६३ नम्बरको ट्यांकरबाट इन्धन चोरी भएको अनुसन्धानबाट खुलेको निगमका प्रादेशिक कार्यालय विराटनगरका प्रमुख अशोक साहले बताए।

सो ट्यांकरमा २० हजार लिटर डिजेल थियो। अमलेखगञ्जबाट आउने अन्य ट्यांकर विराटनगर निगममा आइसकेको छ। प्रादेशिक कार्यालय प्रमुख साहको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो। समितिको सदस्यमा निगमका सहायक प्रबन्धक समन कार्की, इन्धन ढुवानी संघका अध्यक्ष गुणराज निरौला र अमलेखगञ्ज डिपोका उपप्रबन्धक रामकृष्ण श्रेष्ठ छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell