PahiloPost

Aug 27, 2024 | ११ भदौ २०८१

हेरफेरपछि यस्तो बन्दैछ मन्त्रिपरिषद : को को भए इन्ट्री, कसको जिम्मेवारी के?



पहिलोपोस्ट

हेरफेरपछि यस्तो बन्दैछ मन्त्रिपरिषद : को को भए इन्ट्री, कसको जिम्मेवारी के?

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले वसन्त नेम्वाङ, पार्वत गुरुङ, मोती दुगड, घनश्याम भुषाल, लगायतलाई मन्त्रिपरिषदमा समेट्ने गरी मन्त्रिपरिषदमा हेरफेर गरेका छन्।

भोलि सपथ हुने गरी नयाँ मन्त्रीहरुको नामावली राष्ट्रपति कार्यालय पठाइएको छ। 

नयाँ मन्त्रीहरुको भोलि राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानमन्त्री ओलीले राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ गराउने छन्।

मात्रिका, रघुबीर र गोकर्ण आउट हुँदा लेखराज, वसन्तकुमार र रामेश्वरको इन्ट्री

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादवलाई लेखराज भट्टले विस्थापित गर्ने भएका छन्। प्रधानमन्त्री केपी शर्माले मन्त्रिपरिषदमा हेरफेर गर्दा भट्टको इन्ट्री भएको हो भने यादव बाहिरिएका हुन्।

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदमा हेरफेर गर्दै राष्ट्रपति कार्यालयलाई पठाएको सूचीमा भौतिक योजना तथा निर्माण मन्त्रालयमा वसन्तकुमार नेम्वाङको इन्ट्री भएको छ। उनले रघुबीर महासेठलाई विस्थापित गरेका हुन्। त्यसैगरी श्रम तथा रोजगार मन्त्रालयमा रामेश्वर राय यादवको इन्ट्री हुँदा गोकर्ण विष्ट बाहिरिएका छन्।

६ मन्त्री आउट, ६ नयाँ इन

प्रधानमन्त्री ओलीको क्याबिनेटबाट ६ मन्त्री र एक राज्यमन्त्री आउट भएका छन्। आउट हुनेमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपणि खनाल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मत्रिका यादव, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ र महिला, बालबालिका तथा ज्येष्‍ठ नागरिक थाममाया थापा रहेका छन्।

लालबाबुको ठाउँमा हृदयश त्रिपाठी, चक्रपाणिको ठाउँमा घनश्याम भुसाल, मात्रिकाको स्थानमा लेखराज भट्ट, गोकर्णको ठाउँमा रामेश्वर राय यादव, रघुवीरको ठाउँमा वसन्तकुमार नेम्बाङ र थाममायाको ठाउँमा पार्वत गुरुङ इन्ट्री भएका छन्।

त्यसैगरी तीन नयाँ राज्यमन्त्री पनि थपिएका छन्। जसमा उद्योगमा मोतीलाल दुगड, स्वास्थयमा नवराज रावत र सहरी विकासमा रामवीर मानन्धर रहेका छन्।

त्यसैगरी कृषि राज्यमन्त्री रामकुमारी चौधरी पनि आउट भएकी छिन्।

 

राष्ट्रपतिको कार्यालयलाई बुझाएको नवगठित मन्त्रिपरिषदको सूची हेर्नुस् :



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell