
काठमाडौँः नवनियुक्त मन्त्रीहरुका आज पद तथा गोपनीयताको शपथ हुँदैछ। राष्ट्रपति भवन शीतलनिवासमा बिहान ११ बजे शपथ समारोह तय गरिएको छ।
बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदमा सदस्य तथा जिम्मेवारी हेरफेर गरेका थिए। ६ मन्त्री र तीन राज्यमन्त्रीलाई बिदाइ गर्दै ओलीले रिक्त स्थानमा मन्त्री र राज्यमन्त्रीहरु नियुक्त गरेका थिए।
प्रधानमन्त्रीले बुधबार हृदयेश त्रिपाठी, घनश्याम भुसाल, लेखराज भट्ट, रामेश्वर राय यादव, वसन्तकुमार नेम्वाङ र पार्वत गुरुङलाई मन्त्रीमा नियुक्त गरेका थिए।
यस्तै, मोतीलाल दुगड, नवराज रावत र राजवीर मानन्धनरलाई राज्यमन्त्रीमा नियुक्त गरेका थिए।