PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

प्रधानमन्त्रीलाई सामाजिक सञ्जालमा प्रश्न, वीना मगर सफल, गोकर्ण विष्ट कसरी असफल?



पहिलोपोस्ट

प्रधानमन्त्रीलाई सामाजिक सञ्जालमा प्रश्न, वीना मगर सफल, गोकर्ण विष्ट कसरी असफल?

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले लामो चर्चाबीच मन्त्रिपरिषदका सदस्यहरु हेरफेर गरेका छन्। पछिल्लो एक सातायता हटाइने र ल्याइने मन्त्रीको लामो अड्कलबाजी पनि चल्यो। अनुमान र चर्चा अनुसार केही मन्त्री हटाइए र केही नयाँ ल्याइए। 

प्रधानमन्त्रीले केही समयअघि मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गरे। त्योभन्दा अघि सचिवालय समेतको संलग्नतामा मन्त्रीहरुको प्रगति सूची तयार पारे। कतिपयले उक्त सूचीलाई आलोचना पनि गरे। केहीले भने मन्त्रिपरिषद हेरफेरको एक मापदण्ड मानेका थिए। 

तर, बुधबार मन्त्रिपरिषदका सदस्य हेरफेर हुँदा न प्रधानमन्त्री र उनको सचिवालयले बनाएको प्रगति सूची मानक बन्यो न त कुनै मापदण्ड बन्यो। 

धेरैको अनुमानभन्दा बाहिर केही मन्त्रीहरु जोगिए र केही यथावत रहे। जसलाई आम सर्वसाधरणले अस्वभाविक मानेका छन्। 

सामाजिक सञ्जाल प्रयोगकर्ताले श्रममन्त्री गोकर्ण विष्टलाई मन्त्रीबाट हटाइएकोमा असन्तुष्टि जनाएका छन्। भने, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी वीना मगरको निरन्तरतामा प्रश्न गरेका छन्। केही सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री गोकुल बास्कोटाको निरन्तरताको अर्थ खाजेका छन्।

कसले के लेखे?
ट्वीटरमा सुफल काफ्लेले लेखेका छन्– वीना मगर राम्रो काम गरेकाले यथावत् राख्ने । गोकर्ण विष्टले नराम्रो गरेकाले हटाउने । थाहा भयो सरकारले किन काम गर्न सकेको रैनछ।

यस्तै ट्वीटरमा आमोद सुवेदीले प्रश्न गरेका छन् - श्रममन्त्री गोकर्णज्यूलाई हटाउनु नै पर्ने कारण चाहिँ के परेछ?

ट्वीटरमै अमृत दुलालले लेखेका छन्- सरकारको मूल्याङ्कनमा "गोकर्ण बिष्टलाई असफल मन्त्री, वीना मगरलाई सफल मन्त्री।'


यस्तै फेसबुकमा  कमल गौतमले लेखेका छन् - लालबाबु गोकर्ण  विष्टलाई अयोग्य देख्ने सरकारको आँखाले गोकुल बास्कोटा राम्रो देखेछ।
फसबुकमै दीप मिलनले विष्टलाई हटाइएकोमा असन्तुष्टि जनाउँदै लेखेका छन्– गोकर्ण विष्ट असफल भएको मन्त्री मण्डलमा बिना मगर, पद्मा अर्याल र उपेन्द्र यादवहरू सफल भएछन्। हार्दिक बधाई यी सफलहरूलाई।


देवेन्द्र ढकालले फेसबुकमा पात्रभन्दा प्रवृत्ति फेर्न सुझाव दिएका छन्। उनले भनेका छन् – कुनै बेला मन्त्री गोकर्ण विष्टको कार्यकुशलता, जनताको स्यावासी र मातृका यादव जस्ता हाक्की र निडर मन्त्री आज कताकता कहाँ अलमलमा परे खै? यी र यस्ता उदाहरण धेरै छन्। फेरि पात्र फेरिँदैमा कायापलट हुन्छ भन्ने छैन तर पनि आशा र भरोसा गर्नुको विकल्प बाहेक के नै रह्यो र? पात्रभन्दा प्रवृत्ति परिवर्तन होस् तबमात्र विकास र निकास निस्कन्छ कि?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell