
इन्टरनेसनल ओलम्पिक कमिटी टास्क फोर्सले रियो ओलम्पिकका सबै ३६ बक्सिङ अफिसियल (रेफ्री र जज)हरुलाई टोकियो ओलम्पिक २०२० का लागि प्रतिबन्धित गरिने जनाएको छ। रियो ओलम्पिक चलिरहँदा समेत कयौं बक्सिङ अफिसियलहरुलाई विवादस्पद निर्णय गरेको भन्दै फिर्ता पठाइएको थियो।
टोकियो ओलम्पिकका लागि इन्टरनेसनल बक्सिङ एसोसिएसन (एआइबिए) बाट मान्यता प्राप्त अफिसियलहरु ल्याइने र उनीहरुले मापदन्ड भेटछन् या भेटदैन भन्ने रिभ्यू पनि गर्ने तयारी रहेको बिबिसीले जनाएको छ।
एआइबिएले यो निर्णयबाट खेलाडीहरुमा स्पस्टता र पारदर्शिता बढ्ने विश्वास गरिएको जनाएको छ।
'बक्सिङ टाक्स फोर्सको उद्देश्य बक्सिङ प्रतियोगितामा पारदर्शिता, स्वस्थ प्रतिस्पर्धा र क्रेडिबल रिजल्ट भए नभएको पक्का गर्ने हो।' बक्सिङ टाक्स फोर्सका अध्यक्ष मोरिनारी वाटानवेले भनेका छन्।