PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

चक्रीय प्रणाली अनुसार आजबाट राजपा अध्यक्ष मण्डलको संयोजकमा पुनः महतो



पहिलोपोस्ट

चक्रीय प्रणाली अनुसार आजबाट राजपा अध्यक्ष मण्डलको संयोजकमा पुनः महतो

काठमाडौं : राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) को अध्यक्ष मण्डलको जिम्मेवारी  हेरफेर भएको छ। आजबाट अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी पुनः राजेन्द्र महतोले पाएका छन्। राजपाको दुई महिनामा संयोजक फेरिने चक्रीय प्रणाली अनुसार महतोले उक्त जिम्मेवारी पाएका हुन्।

२०७४ वैशाखमा तराई मधेशका विभिन्न ६ दलबीच एकीकरण भइ राजपा बनेको थियो। सुरुवातमा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर थिए।

लामो समयसम्म अधिवेशन नभएपछि नेतृत्वमा चक्रीय प्रणालीमा सहमति भएको थियो। दुई महिनाअघि ठाकुर पुन: अध्यक्ष मण्डलको संयोजक बनेका थिए। ठाकुरको कार्यकाल सकिएपछि महतो संयोजक बनेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell