PahiloPost

Dec 16, 2024 | १ पुष २०८१

भत्काउन थालियो प्रधानमन्त्री निवास : प्रधानमन्त्री राष्ट्रियसभा अध्यक्ष निवासमा, सभामुख निवासमा तिमिल्सिना



पहिलोपोस्ट

भत्काउन थालियो प्रधानमन्त्री निवास : प्रधानमन्त्री राष्ट्रियसभा अध्यक्ष निवासमा, सभामुख निवासमा तिमिल्सिना
फाइल फोटो

काठमाडौँ : नयाँ भवन निर्माणका लागि प्रधानमन्त्रीको सरकारी निवासको मुख्य भवन भत्काउने काम सुरु भएको छ। त्यसका लागि प्रधानमन्त्री निवास खाली गरिएको छ।

प्रधानमन्त्री ओलीले बुधबारबाट आफ्नो बासस्थान परिवर्तन गरेका छन्। नजिकै रहेको राष्ट्रियसभा अध्यक्षको  निवासमा प्रधानमन्त्री सरेका छन्। राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना भने सभामुख निवासमा सरेका छन्।

सभामुख निवसा दशैँ अघिदेखि नै खाली थियो। कात्तिक अन्तिम साता अध्यक्ष तिमिल्सिना सभामुख निवास सरेका हुन्।

टेण्डर प्रक्रिया सकिएसँगै भवन भत्काउन लागिएको हो। भवन बुधबार नै भत्काउने तयारी भएको थियो। तर मन्त्रिपरिषद् फेरबदलका लागि नेकपाको सचिवालय बैठक लम्बिएकाले बुधबार भवन नभत्काइएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बुधबार २ बजे भवन भत्काउने तयारी भए पनि सो भवनमा नेकपाको सचिवालय बैठकका कारण काम रोकिएको जानकारी दिए।

उनले भने 'बुधबारबाट प्रधानमन्त्री राष्ट्रियसभका अध्यक्ष बस्दै आउनुभएको भवनमा बस्नु भएको छ।'

प्रधानमन्त्री ओलीले असोज २ गते नयाँ भवनको शिलान्यास गरेका थिए। भवन २ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell