
गजुरीः देशभित्र पछिल्लो समय साइवर अपराधहरु बढ्दै गएका छन्। कतिपयले साइबरबाट पनि अपराध हुन्छ र भन्ने प्रश्न समेत गर्ने गर्दछन्। धेरैलाई साइवर अपराध के हो? भन्ने समेत ज्ञान नभएको पाइन्छ।
ईलाका प्रहरी कार्यालय गजुरीले केही दिनदेखी समुदाय प्रहरी कार्यक्रम अन्तर्गत विभिन्न बिभिन्न सचेतना कार्यक्रमहरु संचालन गरिरहेको छ। ईलाकाको कार्यक्षेत्र अन्तरगत पर्ने गजुरी, बेनिघाट रोराङ, सिद्धलेक र गल्छी गाउंपालिकाको बिभिन्न उच्च माद्यमिक र माधमिक बिद्यालयमा अध्यनरत बिद्यार्थीलाई साइवर अपराध बिरुद्धको सचेतना कार्यक्रम संचालन गरिरहेको छ।
अघिल्लो महिना ईलाका प्रहरी कार्यालय गजुरीमा उक्त कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक खगेन्द्र बहादुर खड्काको अध्यक्ष्यतामा उच्च तथा माद्यमिक तहका बिद्यालयका प्रधानाध्यापकहरुको भेलागरि समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत संचालन गरिने सचेतना कार्यक्रमहरुको क्यालेन्डर निर्माण गरे पश्चात सचेतना कार्यक्रमलाई तिब्रता दिएको हो।
ईलाकाको कार्यक्षेत्र अन्तरगत रहेका प्रत्येक विद्यालयमा तीन वटा सचेतना कार्यक्रम (साईवर अपराध, लागु औषध नियन्त्रण र घरेलु हिंस) एक बार्षिक क्यालेण्डरमा अनिवार्य रुपमा संचालन गर्ने गरि उक्त क्यालेण्डर निर्माण गरिएको थियो।
प्रहरीले समुदाय प्रहरी साझेदारीको ब्यानर राखेर केबल फोटोको लागि मात्र कार्यक्रमको संख्या बढोत्तरी गर्ने भन्दा पनि प्रभावकारी रुपमा प्रशिक्षण कार्यक्रम संचालन गरि युवा र बिद्यार्थी जगतलाई साइवर अपराध लगायतका बिभिन्न सामाजिक अपराधहरुमा संलग्न नहुन र ती अपराधहरु न्यूनीकरण गर्नको लागि बिषयबस्तुमा केन्द्रित रहि समष्टिगत रुपमा शैद्धान्तिक र ब्यबहारिक पक्षको बारेमा प्रशिक्षित गर्ने गरिएको ईलाका प्रहरी कार्यालयका डिएसपी खगेन्द्र बहादुर खड्काले बताए।
पछिल्लो समय गजुरी, बेनिघाट रोराङ। सिद्धलेक र गल्छि गाउपालिकाको बिधालयहरुमा नियमित रुपमा कार्यक्रम संचालन गर्नको लागि ईलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक भोजराज पाण्डे नियमित रुपमा खटिएको इलाका प्रहरी कार्याल गजुरीले जानकारी दिएको छ।
कार्यक्रममा सहभागि हुने गरेको र शिक्षक, स्थानीय बासिन्दाहरु तथा स्थानीय निकायका जनप्रतिनिधी लगायतबाट सकारात्मक सहयोग प्राप्त भएको निरीक्षक पाण्डेले बताए ।
साइवर अपराध भनेको के हो ? नेपालमा के कस्तो प्रकारका साइवर अपराधहरु हुने गरेका छन् ? साइबर अपराधमा बच्नको लागि अपनाउनु पर्ने साबधानी तथा इमेल इन्टरनेट चलाउंदा ध्यान दिनु पर्ने कुराहरु र बिधुतीय अपराध ऐन २०६३ ले ब्यबस्था गरेको कानूनी प्राबधानहरुको बारेमा प्रशिक्षण दिने गरेको प्रहरी निरीक्षक भोजराज पाण्डेले बताए।