PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति भण्डारीबाट लिए शपथ



प्रवीण रानाभाट

नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति भण्डारीबाट लिए शपथ

काठमाडौँ : नवनियुक्त मन्त्रीहरुले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतलनिवासमा केही बेरअघि राष्ट्रपति विद्यादेवी भण्डारीबाट नव नियुक्त मन्त्रीहरुले शपथ लिएका हुन्।

प्रधानमन्त्रीले बुधबार हृदयेश त्रिपाठी, घनश्याम भुसाल, लेखराज भट्ट, रामेश्वर राय यादव, वसन्तकुमार नेम्वाङ र पार्वत गुरुङलाई मन्त्रीमा नियुक्त गरेका थिए। 

यस्तै, मोतीलाल दुगड, नवराज रावत र राजवीर मानन्धनरलाई राज्यमन्त्रीमा नियुक्त गरेका थिए। नव नियुक्त राज्यमन्त्रीहरुले प्रधानमन्त्री ओलीबाट शपथ लिए।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री ओली र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाकोसमेत उपस्थिति थियो।

बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदमा सदस्य तथा जिम्मेवारी हेरफेर गरेका थिए। ६ मन्त्री र तीन राज्यमन्त्रीलाई बिदाइ गर्दै ओलीले रिक्त स्थानमा मन्त्री र राज्यमन्त्रीहरु नियुक्त गरेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell