PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

भित्रिँदै गरेका मन्त्री घनश्याम भुषाललाई बाहिरिँदै गरेका मन्त्री चक्रपाणि खनालको स्वागत, भने : म सहयोग गर्छु



पहिलोपोस्ट

भित्रिँदै गरेका मन्त्री घनश्याम भुषाललाई बाहिरिँदै गरेका मन्त्री चक्रपाणि खनालको स्वागत, भने : म सहयोग गर्छु

काठमाडौं : मन्त्रालयबाट बाहिरिँदै गर्दा पूर्व कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनालले नयाँ मन्त्री घनश्याम भुषाललाई स्वागत गरेका छन्। 

प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यसम्पादनका आधारमा मन्त्रिपरिषद हिजो हेरफेर गरेका हुन्।

नयाँ नियुक्त भएका मन्त्रीहरुले आज राष्ट्रपतिसँग सपथ ग्रहण गरेका छन्। सपथपछि पदभार ग्रहण गर्न सम्बन्धित मन्त्रालय पुगेका छन्, नव नियुक्त मन्त्रीहरु।

घनश्याम भुषाल पनि पदभार ग्रहण गर्न मन्त्रालय पुगेका थिए। उनलाई बधाई दिएपछि पूर्व मन्त्री खनालले भने 'हामी सदनमा पनि सँगैसँगै हुन्छौं। म नयाँ कृषि मन्त्री घनश्याम भुषाललाई सहयोग गर्छु।' 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell