PahiloPost

May 21, 2026 | ७ जेठ २०८३

पूर्व भौतिक मन्त्री महासेठको आफ्नै मूल्याङ्कन : मन्त्रालय छोड्दै गर्दा भने - 'म सफल मन्त्रीको रुपमा बिदा हुँदैछु'



पहिलोपोस्ट

पूर्व भौतिक मन्त्री महासेठको आफ्नै मूल्याङ्कन : मन्त्रालय छोड्दै गर्दा भने - 'म सफल मन्त्रीको रुपमा बिदा हुँदैछु'

काठमाडौं : मन्त्रालयबाट बाहिरिँदै गर्दा पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले आफ्नो कार्यकाल सफल भएको दावी गरेका छन्।

बिहीवार संचारकर्मीसँगको कुराकानीमा पूर्वमन्त्री महासेठले आफू सफल मन्त्रीको रुपमा मन्त्रालयबाट बिदा भएको बताएका हुन्। त्यस्तै उनले नवनियुक्त मन्त्रीलाई सहयोग गर्ने समेत बताएका थिए।

उनी मन्त्रालयमबाट बिदा भएसँगै नवनियुक्त मन्त्री वसन्त कुमार नेम्वाङले पदभार ग्रहण गरेका छन्। नेम्वाङ नेपाल कम्युनिस्ट पार्टी पाँचथरबाट निर्वाचित सांसद हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell