PahiloPost

Jul 22, 2025 | ७ साउन २०८२

श्रीमतीसहित पदभार ग्रहण कार्यक्रममा उद्योग राज्यमन्त्री दुगडको इन्ट्री, उद्योगमा किन दुगडलाई ल्याइयो?



पहिलोपोस्ट

श्रीमतीसहित पदभार ग्रहण कार्यक्रममा उद्योग राज्यमन्त्री दुगडको इन्ट्री, उद्योगमा किन दुगडलाई ल्याइयो?

काठमाडौ : नवनियुक्त उद्योग राज्यमन्त्री मोतीलाल दुगडले पदभार ग्रहण गरेका छन्। उनी सपथग्रहण पछि श्रीमतीसहित उद्योग मन्त्रालय पुगेका थिए।

बिहिवार बिहान सिंहदरवार मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन्। दुगड नेपाल कम्युनिस्ट पार्टी (ने क पा)बाट समानुपातिक सांसद बनेका थिए। दुगडको सेञ्चुरी मसला उद्योग छ।

यो वाहेक विराटनगरमा ह्यारिसन होटल संचालनमा छ भने सपिङ कम्लेक्ससहितको दी सेन्चुरियन होटल पनि संचालनमा ल्याउँदैछन्। व्यापारी भएपनि राजनीतिमा उनी सकृय रहँदै आएका छन्। पहिलो संविधानसभामा सद्भावना पार्टीबाट उनी सभासद भएका थिए। तर पछि उनले छुट्टै पार्टी नवनेपाल निर्माण पार्टी समेत खोले। तर यो पार्टीले निर्वाचनमा हार ब्योहोर्यो। हारसँगै उनी एमालेमा प्रवेश गरेर सांसद भए।

पछिल्लो समय उनी प्रधानमन्त्री केपी शर्मा ओली निकट थिए। उद्योगी/व्यवसायीको समस्या आउँदा प्रधानमन्त्री ओलीले दुगडबाटै सुझाब लिन्थे। विराटनगरबाट आउने व्यापारीले प्रधानमन्त्रीलाई भेट्न चाहेमा दुगडकै सहारा लिने समेत गर्थे। प्रधानमन्त्री निवास बालुवाटारमा हुने उद्योगी/व्यवसायीको भेलामा दुगडलाई प्रधानमन्त्रीले आफूसँगै राखेर छलफल गराउँथे।

‘प्रधानमन्त्री ओलीसँगको निकटताकै कारण उनले मन्त्रीको उपहार पाएका हुन्। उनले निर्वाचनका बेलामा समेत राम्रै सहयोग गरेका थिए’, एक उद्योगीले भने, ’माओवादीका तर्फबाट आएका उद्योगमन्त्रीलाई चेक एण्ड ब्यालेन्स गर्न पनि ओलीले दुगडलाई पठाएका हुन सक्छन्।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell