काठमाडौं : अभिनेत्री पूजा शर्मालाई यति बेला फिल्म 'म यस्तो गीत गाँउछु-२'को सुटिङमा व्यस्त छिन्।
सुटिङ चलिरहदा पूजा शर्मा र आकाश श्रेष्ठ आगामी फिल्म 'मन परेसी पर्यो पर्यो'मा अनुबन्धन भएको खवर सार्वजनिक भयो। उक्त फिल्म प्रदिप खड्का स्टारर 'प्रेम गीत ३'सँग जुध्ने पनि भनिएको थियो। तर पूजाले त्यो समाचारको खण्डन गर्दै स्टाटस लेखेकी छिन्।
उनले लेखेकी छिन्, 'जीन्दगीमा म सबै फिल्मसँग जुध्न सक्छु होला तर मेरो आफ्नै प्रोजेक्ट, मेरो एउटा अट्याच्मेन्ट भएको फिल्म हो। न मैले साइन गर्या छु, न मैले हुन्छ भन्या छु, कृपया पहिला मलाई सोध्नुस्।'
फिल्म 'प्रेम गीत'को पहिलो संस्करणकी अभिनेत्री हुन् पूजा। सोही फिल्मबाट पूजाको चर्चा सुरु भएको थियो। तर, फिल्म प्रदर्शनपछि निर्माता सन्तोष सेन र निर्देशक सुदर्शन थापाबीच सम्बन्ध चिसियो। जसका कारण थापा निकट पूजा पनि फिल्म युनिटबाट टाढिइन्। त्यस यता फिल्मको हरेक सिक्वेलमा अभिनेता प्रदीप खड्का दोहोरिएका छन्। तर, पूजालाई फिल्म युनिटले पुन: लिएन।
प्रेम गीत ३ युनिट पनि छायांकनमा व्यस्त छ। चैत २८ मा फिल्मको रिलिज टार्गेट गरिएको छ।
पुजाले आफ्नै अट्याच्मेन्ट भएको प्रोजेक्टसँग कहिल्यै जुध्न नसक्ने स्टाटसमा उल्लेख गरेकी छिन्।
त्यसो त पूजा र प्रदिप दुबै फिल्म 'प्रेम गीत' बाट नै चर्चामा आएका थिए। फिल्ममा दुबैको जोडीलाई दर्शकले निकै रुचाएका थिए।
प्रेम गीतपछि पूजा र प्रदिपले कुनै फिल्ममा पनि एकसाथ काम गरेका छैनन्। त्यस्तै 'म यस्तो गीत गाँउछु-२' सँगै पूजा फिल्म 'सम्हालिन्छ कहिले मन' मा पनि काम गरिरहेकी छिन् भने प्रदिप खड्का पनि फिल्म 'प्रेम गीत-३' को सुटिङमा व्यस्त छन्। 'प्रेम गीत-३' चैत्र २८ गतेदेखि प्रदर्शनमा आँउदैछ।