PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

फिरौती रकम माग्ने चार जना नक्कली प्रहरी पक्राउ



रासस

फिरौती रकम माग्ने चार जना नक्कली प्रहरी पक्राउ
प्रतीकात्मक तस्विर।

धनगढी : कैलालीमा नक्कली प्रहरी बनेर फिरौती माग गरेको अभियोगमा चार जना पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका-८ का अनिलचन्द, प्रदिप गिरी, सन्दिप श्रीबास्तव र भक्तराज जोशीलाई नक्कली प्रहरी बनेर फिरौती माग गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालयले दुई दिनअघि पक्राउ गरी आज सार्वजनिक गरेको छ।

राति धनगढीतर्फ जाँदै गरेका अरुण चौधरी र लक्ष्मण चौधरीलाई उनीहरुले बाटोमा रोकेर 'हामी प्रहरी हौं, तिमीहरुसँग लागुऔषध ब्राउन सुगर छ' भनी डराइधम्काइ अपहरण गरेको प्रहरीले जनाएको छ। साथै उनीहरुले चौधरीद्वयमाथि कुटपिट गर्नुका साथै एक लाख रुपैयाँ नदिएमा लागुऔषध मुद्दा चालाइदिन्छौं भनी फिरौती माग गरिएको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले बताए।

पीडित अरुण चौधरी उनीहरुको नियन्त्रणबाट भाग्न सफल भई प्रहरीलाई जानकारी गरेपछि गएको प्रहरी टोलीले ती अभियुक्तलाई नियन्त्रणमा लिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell