काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रभावशाली नेता भीम रावलले मन्त्री हेरफेर हुँदा राष्ट्रपति विद्यादेवी भण्डारीको संलग्नतालाई लिएर कडा प्रश्न गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालबीच मन्त्री हेरफेरमा सहमति भएपछि त्यसबारे राष्ट्रपति भण्डारीसँग परामर्श गरेका थिए। त्यसै अनुसार पार्टीमा दुई अध्यक्षको कार्यभार विभाजन र मन्त्री चयनको विषय अघि बढेको थियो।
पूर्व मन्त्रीसमेत रहेका रावलले ४ प्रश्न गरेका छन् जसले सरकारको कदम र राष्ट्रपतिको पार्टी राजनीतिमा सक्रियतालाई लिएर संदेशपूर्ण संदेश प्रवाह गरेको छ।
यी हुन् भीम रावलका ४ प्रश्न
१. संविधानले मर्यादित स्थानमा राखेको राष्ट्रपतिलाई पार्टी (पक्ष-विपक्ष)राजनीति र मन्त्रीहरूको चयनमा संलग्न रहेको देखिने कार्य किन गरियो?
२.नेकपालाई बलियो र विजयी बनाउन रगत-पसिना बगाउने र देशको लागि दृढतापूर्वक उभिने पार्टीपंक्ति नै अपमानित हुनेगरी संविधान निर्माणमा अवरोध गर्ने र क.पा.को उच्छित्तो काढ्नेहरूलाई नै संघीय मामिला र सामान्य प्रशासन एवं कानून, न्याय र संसदीय मामिला जस्ता मन्त्रालय सुम्पिनु पर्ने के बाध्यता आइलाग्यो?
३. विगतमा क.पा. विरूद्ध क्रियाशील, धनबल र पूँजी राजनीतिबाट समानुपातिक सांसद बनेकालाई अझ मन्त्री बनाउनुको औचित्य के हो?
४. संविधानको समानुपातिक र न्यायको मर्मलाई सम्मान गरियो त?
रावलले ट्विट गर्दै आफ्नै पार्टीको निर्णय र प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषद हेरफेरको निर्णयलाई चुनौती दिएका छन्।
नवनियुक्त मन्त्रीहरूलाई हार्दिक बधाई !
— Bhim Rawal (@BhimRawal179) November 21, 2019
मन्त्री हेरफेर गर्न सकिने कार्य भएपनि यस सन्दर्भमा निम्नलिखित कुरा नेकपाका सच्चा र इमानदार नेता र कार्यकर्ताका लागि सोचनीय र गम्भीर छन्ः
१.संविधानले मर्यादित स्थानमा राखेको राष्ट्रपतिलाई पार्टी (पक्ष-विपक्ष)राजनीति र मन्त्रीहरूको चयनमा
संलग्न रहेको देखिने कार्य किन गरियो ?
— Bhim Rawal (@BhimRawal179) November 21, 2019
२.नेकपालाई बलियो र विजयी बनाउन रगत-पसिना बगाउने र देशको लागि दृढतापूर्वक उभिने पार्टीपंक्ति नै अपमानित हुनेगरी संविधान निर्माणमा अवरोध गर्ने र क.पा.को उच्छित्तो काढ्नेहरूलाई नै संघीय मामिला र सामान्य प्रशासन एवं कानून, न्याय र संसदीय मामिला
जस्ता मन्त्रालय सुम्पिनु पर्ने के बाध्यता आइलाग्यो?
— Bhim Rawal (@BhimRawal179) November 21, 2019
३. विगतमा क.पा. विरूद्ध क्रियाशील, धनबल र पूँजी राजनीतिबाट समानुपातिक सांसद बनेकालाई अझ मन्त्री बनाउनुको अौचित्य के हो?
४. संविधानको समानुपातिक र न्यायको मर्मलाई सम्मान गरियो त?