PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध महरा उच्च अदालतमा, साधारण तारेखमा राख्न माग



पहिलोपोस्ट

जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध महरा उच्च अदालतमा, साधारण तारेखमा राख्न माग

काठमाडौं : बलात्कारको आरोपमा थुनामा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराले जिल्ला अदालतको थुनछेक आदेश विरुद्ध उच्च अदालत पाटनमा निवेदन दिएका छन्।

बिहीवार महराका वकिलले उच्च अदालतमा काठमाडौं जिल्ला अदालत निर्णय विरुद्ध निवेदन दिएका हुन्। महरामाथि गत असोज १२ गते संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि बलात्कार प्रयासको आरोपमा अदालतले कार्तिक १८ गते थुनामा पठाउन आदेश दिएको थियो। महरा अहिले डिल्लीबजार कारागारमा छन्।

पीडित महिलाले प्रहरीमा किटानी जाहेरी दिएपछि गत असोज १९ गते अदालतको अनुमतिले प्रहरीले महरालाई सभामुख निवास बालुवाटारबाट पक्राउ गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell