PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

नवनियुक्त उद्योगमन्त्रीको प्रतिवद्धता : आयात घटाउन सहयोग पुर्‍याउने उद्योगको विकास गर्नेछु

नवनियुक्त उद्योगमन्त्रीको प्रतिवद्धता : आयात घटाउन सहयोग पुर्‍याउने उद्योगको विकास गर्नेछु

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आयात घटाउन सहयोग पुर्‍याउने उद्योगको विकास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

आज मन्त्रालयमा आयोजित स्वागत कार्यक्रममा मन्त्री भट्टले आयात प्रतिस्थापन गरी व्यापार घाटा कम गर्ने उनले बताए।

मन्त्री भट्टले भने, 'पार्टीको घोषणापत्रमा उल्लेख गरिएका विषयवस्तुलाई कार्यान्वयनका लागि प्राथमिकता दिनेछु। मुलुकको प्रगति र समृद्धिका लागि औद्योगिक क्षेत्रको विकास महत्वपुर्ण छ।'

राष्ट्रिय गौरवका आयोजनालाई छिटो अगाडि बढाउने उनले बताए। जनतासँग जोडिएका सेवालाई छिटो, छरितो र गुणस्तरीय रुपमा उपलब्ध गराउनु पर्ने उनको भनाइ थियो।



ट्रेन्डिङ पोस्ट

Ncell