PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

नवनियुक्त मन्त्रीहरुलाई स्वागत गर्दै ओलीले भने 'अबको चार महिनामा सडकका खाल्डाखुल्डी पुरिनुपर्छ'



कुञ्जरमणि भट्टराई

नवनियुक्त मन्त्रीहरुलाई स्वागत गर्दै ओलीले भने 'अबको चार महिनामा सडकका खाल्डाखुल्डी पुरिनुपर्छ'

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई चार महिना भित्र काठमाडौं उपत्यकाका सडकमा रहेका खाल्डाखुल्डी पुर्न निर्देशन दिएका छन्।

नवनियुक्त मन्त्रीहरुलाई सिंहदरबारमा स्वागत गर्दै ओलीले गएको चौमासिकमा सरकारले अपेक्षा अनुरुप काम गर्न नसकेको भन्दै भने, ' काठमाडौंको बाटोमा खाल्डो छ भनेर गीत सुनियो। सारंगी बज्छ। तर काम भएको छैन। अबको चौमासिक भित्र सबै खाल्डो पुरिनुपर्छ। एउटा मन्त्रालयले बनाउने अर्कोले भत्काउने गर्नु भएन। सबैले समवन्य गरेर काम गर्नुपर्‍यो।'

केही महिना अगाडी सडकमा धुलो उडेको बताउँदै सरकारको विरोध गर्न मास्क लगाएर हिँडेको उनले बताएका थिए। आज भने ओलीले सडकमा धुलो उडेको स्वीकार्दै भने, 'निर्माण कार्य हुने स्थानमा धुलो छ। तर, निर्माण कार्य नभएको स्थानमा कसरी धुलो उडिरहेको छ ? गएको चार महिनामा हामीले ५० प्रतिशत काम पनि गर्न सकेनौं। अब चार महिनामा त्यो भन्दा धेरै काम गर्नुपर्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell