PahiloPost

Jul 22, 2025 | ७ साउन २०८२

बारामा छुटाछुटै सवारी दुर्घटनामा तीन जनाको मृत्यु



पहिलोपोस्ट

बारामा छुटाछुटै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

वीरगंज : बारामा गएराति छुटाछुटै सवारी दुर्घटनामा आमा–छोरासहित तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रौतहट, चन्द्रपुर नगरपालिका ८ बस्ने तीर्थकुमारी राई र उनका छोरा आहान चौधरी तथा निजगढका आइतसिंह लोप्चन रहेका छन्।

हेटौँडाबाट वीरगंज आइरहेको ना ५ ख ९०५५ नम्बरको ट्रकले सोही दिशामा आइरहेको ना ४६ प २५०४ नम्बरको स्कुटीलाई जितपुरसिमरा उपमहानगरपालिका २२ स्थित ४ नम्बर पुल नजिक ठक्कर दिँदा आमा तीर्थकुमारी राई र छोरा आहानको मृत्यु भएको थियो। स्कुटर चालक तीर्थकुमारीका पति राकेश चौधरीलाई उपचारका लागि हेटौँडाको चुरे हिल अस्पताल लगिएको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक गोबिन्द पुरीले बताए।

त्यसैगरी पथलैयामा भएको दुर्घटनामा निजगढका आइतसिंह लोप्चनको मृत्यु भएको छ। पथलैयाबाट वीरगंजतर्फ आइरहेको ना ११ प ५४७८ नम्बरको मोटरसाइकललाई ना ४ ख ५३२० नम्बरको बसले ठक्कर दिएको थियो। लोप्चनको सिमरा अस्पतालमा प्रारम्भिक उपचारपछि वीरगंज ल्याउने क्रममा बाटो मृत्यु भएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell