PahiloPost

Jul 22, 2025 | ७ साउन २०८२

ग्यास बुलेट लिक हुँदा डेढ घण्टा राजमार्ग ठप्प



पहिलोपोस्ट

ग्यास बुलेट लिक हुँदा डेढ घण्टा राजमार्ग ठप्प
फाइल फोटो

वीरगंज : भारतबाट नेपाल आउँदै गरेको ग्यास बुलटेबाट ग्यास ‘लिक’ भएपछि त्रिभुवन राजपथको पथलैया-हेटौंडा सडकखण्ड डेढ घण्टा बन्द भएको छ। गएराति ९ देखि १०-३० बजेसम्म राजमार्ग बन्द गरिएको थियो।

सम्भावित खतरालाई मध्यनजर गरी बन्द गरिएको राजमार्ग राति नै पुनः खुला भएको छ।  

चालकले ग्यास लिक भएको थाहा पाएपछि जितपुरसिमरा उपमहानगरपालिका २२ अमलेखगञ्जको तीन र चार नम्बर पुलबीचको जंगलमा उक्त बुलेट रोकिएको थियो। सो क्षेत्रमा सवारी अवागमन ठप्प भएको थियो। 

खतरालाई मध्यनजर गर्दै प्रहरीले सडकखण्ड बन्द गरेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ। बस्तीमा रोक्दा खतरा हुनसक्ने भन्दै जंगलमा रोकेर चालकले प्रहरीलाई खबर गरेको बाराका प्रहरी उपरीक्षक  विकासराज खनालले बताए। प्राविधिकको टोलीले लिक रोक्न सफल भएपछि अवरुद्ध सडक खुल्ला गरिएको बारा प्रहरीले जनाएको छ।  प्रहरीले सम्भावित खतरालाई मध्यनजर गर्दै दमकलसमेतको तयारी अवस्थामा राखेको थियो।

सडकखण्ड ठप्प हुँदा अन्य ठाउँबाट राजधानी प्रवेश गर्ने तथा राजधानीबाट हेटौंडा, नारायणगढ हुँदै पूर्व जाने सवारीसाधन डेढ घण्टा रोकिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell