PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

पोखरामा निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरी, कम्बल बाँड्नेदेखि शिक्षक सरुवासम्मका आरोप



विष्णु गौतम

पोखरामा निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरी, कम्बल बाँड्नेदेखि शिक्षक सरुवासम्मका आरोप
photo: baahrakhari.com

पोखरा : उपनिर्वाचन नजिकिँदै गर्दा पोखरामा आचारसंहिता उल्लङ्घनका उजुरी बढेका छन्। जिल्ला निर्वाचन कार्यालय कास्कीका अनुसार हालसम्म १२ उजुरी परेका छन्। जसमा चार वटा लिखित र अन्य मौखिक तथा टेलिफोनबाट टिपाइएका उजुरी रहेको सहायक निर्वाचन अधिकृत रामचन्द्र उपाध्यायले जानकारी दिए।

कार्यालयका अनुसार सबैभन्दा बढी उजुरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माथि परेको छ। तीन दिनअघि पोखरा महानगरपालिका १५ का वडाध्यक्ष प्रकाश पौडेलले कम्बल वितरण गरेको भन्दै निर्वाचन अधिकृतको कार्यालमा लिखित उजुरी परेको थियो। नेपाली काँग्रेसले उक्त उजुरी गरेको थियो। तर,  नेकपा कास्कीले भने पौडेल सम्बन्धित वडाको वडाध्यक्षका रूपमा उक्त कार्यक्रममा सहभागी भएको बताउँदै आएको छ।

उजुरी परेपछि कार्यालयले वडा अध्यक्षसँग जवाफ मागेको थियो ।

पौडेलले निर्वाचन कार्यालयलाई आफू प्रमुख अतिथिको रूपमा सहभागी मात्र भएको जवाफ पठाएका छन्।

यस्तै महानगरपालिकाको शिक्षा शाखाले शिक्षक सरुवा गरेको अर्को उजुरी कार्यालयमा परेको छ। निर्वाचन कार्यालयले सरुवा रद्द गरिसकेको छ।

यस्तै, निर्वाचन लक्षित गरी फिर्के खोलाको मापदण्डबारे नयाँ सहमति भएको भन्दै नेकपाविरुद्ध कास्की काँग्रेसका सभापति कृष्ण केसीले टेलिफोनमार्फत उजुरी दिएका छन्। 

यस्तै, नेपाली काँग्रेसले मन्दिरमा पार्टीको पर्चा टाँसी आचारसंहिता विपरीत काम गरेको भन्दै उजुरी परेको निर्वाचन कार्यालले जनाएको छ।

समाजवादी पार्टीले पोखरा महानगरपालिका १६ को चिरुवाढुङ्गा भन्ने स्थानमा खानेपानीको पाइप वितरण गरेको पनि निर्वाचन कार्यालयमा उजुरी परेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell