PahiloPost

Jul 22, 2025 | ७ साउन २०८२

टी १० लिग : सन्दीप आवद्ध कर्नाटक र पारसको अबु धावी भिड्ने



पहिलोपोस्ट

टी १० लिग : सन्दीप आवद्ध कर्नाटक र पारसको  अबु धावी भिड्ने

युएईमा जारी टी १० लिगमा आज सन्दीप लामिछाने आबद्ध कर्नाटक र पारस खड्का आबद्ध अबु धावीले प्रतिस्पर्धा गर्दैछन्। खेल बेलुकी ९:४५ बजे अबु धावीस्थित शेख जायेद स्टेडियममा हुनेछ।

दुवै टिमको प्रदर्सन यसअघि सन्तोषजनक छैन। सन्दीप आबद्ध कर्नाटकले जारी सिजन ५ खेल खेलेर १ जित निकाल्दै ३ हार व्यहोर्दा एउटा खेल नतिजाबिहीन रहेको थियो। त्यस्तै अबु धावीले पनि ५ खेल खेल्दा १ जित २ हार व्यहोरेको थियो भने  १ टाइ र १ खेल नतिजाविहीन भएको थियो।

अबु धावी ४ अंकसहित तालिकाको छैटौं स्थानमा छ भने कर्नाटक ३ अंक जोड्दै पुछारमा छ।

पारस खड्काले सुरुवाती दुइ खेलमा अवसर पाए पनि त्यसयता प्लेइङ सेटमा परेका छैनन्। यता सन्दीप लामिछाने भने लगातार टिममा पर्दै आएका छन्। लामिछानेले जारी सिजन ६ विकेट लिइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell