PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

स्वयम्भूबाट सुरु भयो सागको टर्च परिक्रमा यात्रा, सातै प्रदेश पुर्‍याएर काठमाडौँ ल्याइने

स्वयम्भूबाट सुरु भयो सागको टर्च परिक्रमा यात्रा, सातै प्रदेश पुर्‍याएर काठमाडौँ ल्याइने

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : दक्षिण एसियाली खेलकुद (साग) को ओलम्पिक टर्च राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले ओलम्पियनहरुलाई हस्तान्तरण गरेका छन्। स्वयम्भूबाट सदस्य सचिव सिलवालले ओलम्पिक टर्च प्रज्वलन गरी कार्यक्रम सुरु गरे।

टर्च परिक्रमा सुरुवात कार्यक्रममा ओलम्पियनहरु वैकुन्ठ मानन्धर, दीपक विष्ट, राजेन्द्र भण्डारी, नयना शाक्य, उमेश मास्के, देवु थापा, जीतबहादुर केसी, ज्ञानबहादुर बोहोरा, टिकाराम श्रेष्ठ, राजकुमारी पाण्डे, कान्छीमाया कोजु,  मुकुन्दहरि श्रेष्ठ र दीपक श्रेष्ठको सहभागिता रहको थियो।

टोली पहिलो दिन काठमाडौंबाट बिराटनगर, धनुषा, हेटौंडा, चितवन, लुम्बिनी, बुटवल, सुर्खेत, नेपालगञ्ज, धनगढी, पोखरा हुँदै आठौँ दिन काठमाडौं आइपुग्ने योजना छ।

हेर्नुस् तस्विर



ट्रेन्डिङ पोस्ट

Ncell