PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

आन्दोलनमा उत्रेको आरोपमा विद्यार्थीलाई नेसनल मेडिकल कलेजमा चार घण्टा प्रवेश निषेध! 



राधेश्याम पटेल

आन्दोलनमा उत्रेको आरोपमा विद्यार्थीलाई नेसनल मेडिकल कलेजमा चार घण्टा प्रवेश निषेध! 

वीरगंज : नेसनल मेडिकल कलेज, वीरगंजमा अध्ययनरत १८ ब्याचका विद्यार्थीहरुले आन्दोलन गरेको भन्दै गए राति ४ घण्टा गेट बाहिर राखिएको छ। अतरिक्त शुल्क फिर्ता गराउन आन्दोलनरत विद्यार्थीलाई कलेजले साँझ ६ बजेदेखि १० बजेसम्म कलेज प्रवेश निषेध गरेको हो।
 
बिहीवार साँझ कलेज अगाडि विद्यार्थीहरुले 'अतिरिक्त शुल्क फिर्ता गर, मेडिकल माफिया मुर्दावाद, विद्यार्थीलाई मानसिक तनाव दिन पाइदैन, कलेज प्रशासन, विद्यार्थी, अभिभावकबीचको सम्बन्ध सुमधुर हुनुपर्छ' जस्ता नारासहित प्लेकार्ड बोकी धर्नामा बसेका थिए। साँझ ५ बजेदेखि ६ बजेसम्म धर्ना सकिएपछि विद्यार्थीहरू कलेज प्रवेश गर्न खोज्दा  कलेजका व्यवस्थापन पक्षले कलेजको ढोका बन्द गरेको थियो। आन्दोलनरत विद्यार्थीहरु राति १० बजेसम्म बाहिर बसिरहेको बताएका थिए। 

पछि प्रहरीको पहलमा विद्यार्थीलाई भित्र बोलाइएको थियो। नेपालभरका मेडिकल कलेजका विद्यार्थीहरुले आन्दोलन गर्दा सरकारले १५ दिनको अन्तिम म्याद तोकी रकम फिर्ता गर्न निर्देशन गरेको र चार दिन बाँकी रहँदा विद्यार्थीहरुले दबाबस्वरुप देखि धर्ना शुरु गरेको बताएका थिए। सरकार र कलेज व्यवस्थापनबीच पटक–पटक रकम फिर्ता दिने सहमति भएको तर अहिलेसम्म नदिंदा नेसनल मेडिकल कलेजलगायत अन्य कलेजहरुमा आन्दोलन जारी छ।
 
यसअघि विद्यार्थीहरुले कात्तिक ८ गतेदेखि एक सातासम्म आन्दोलन चर्काएका थिए। सो क्रममा विद्यार्थीहरुमाथि मानसिक यातनासहित भौतिक कारवाही कलेजका व्यवस्थापन पक्षले गरेको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell