PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

सबै सामान प्याक गरिसकेँ, कोठा चै भेटिएको छैन : पूर्वमन्त्री लालबाबु



सविन ढकाल

सबै सामान प्याक गरिसकेँ, कोठा चै भेटिएको छैन : पूर्वमन्त्री लालबाबु

काठमाडौं : बुधवार प्रधानमन्त्री केपी शर्मा ओलीले केही मन्त्री हेरफेर गरे। नयाँ सासंदले मन्त्री हुने मौका पाए भने पुराना केही मन्त्री घर फर्किन बाध्य भए। त्यसै मध्येका एक हुन् संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित।

२०७४ फागुनमा प्रधानमन्त्री केपी शर्मा ओलीले लालबाबु पण्डितलाई जनसंख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएका थिए। त्यसको केही समयपछि मन्त्रालय परिवर्तन गर्दै पण्डित सामान्य प्रशासन मन्त्री बने। पहिलो पटक सुशील कोइरालाको प्रधानमन्त्रित्वमा रहेको सरकारमा सामान्य प्रशासन मन्त्री बन्दा लालबाबुले बेग्लै पहिचान बनाएका थिए। पिआर होल्डर कर्मचारीविरुद्ध कडा रुपमा उत्रिएका उनी एकाएक हिरोका रुपमा स्थापित भएका थिए। तर, उनले सुशील कोइरालाको सरकारमा रहँदा कमाएको वाहवाही ओली सरकारको नेतृत्वमा भने हात पार्न सकेका थिएनन्। उनकै पार्टीका नेता/कार्यकर्ता उनीविरुद्ध अभिव्यक्ति दिँदै हिँडे, यसापाल।

फलश्वरुप, लालबाबु पहिलेको उचाइलाई टिकिरहन सकेनन्। उनी पटकपटक आलोचित भइरहे। मन्त्रीको परफर्मेन्स मूल्याङ्कनमा प्रधानमन्त्री ओली सन्तुष्ट हुन नसक्दाको परिणाम उनको मन्त्री पद गुम्यो।

'सबै बीच आलोचित भएको होइन। केही परिवर्तन नचाहने र काठमाडौं केन्द्रित भएर काम गर्न चाहने कर्मचारीलाई सरुवा गर्दा मात्र उनीहरु बीच आलोचित भएको हो,' पहिलोपोस्टसँगको कुराकानीमा पूर्वमन्त्री पण्डितले भने।

पण्डित आफ्नो कार्यकाल सफल भएको दवी नै गर्छन्। प्रधानमन्त्रीले मन्त्री पदबाट हटाउनु स्वभाविक प्रकृया भएको उनको तर्क छ।

'प्रधानमन्त्री प्रणाली हो। मैले स्वीकार गर्नुपर्छ। मेरो कार्यकालमा काम भएका छन्। जुन कुरा प्रधानमन्त्री स्वयमले समेत विभिन्न कार्यक्रममा भन्नु नै भएको छ। केही व्यवस्थाहरु परिवर्तन भएका छन्,' मन्त्री पण्डितले भने।

'आफ्नो समस्या आफैसँग छ। हिजो कार्यक्रममा उपस्थित हुन पाइन। डेरा खोज्न तनाव भयो। तर, म चुकेको छैन,' पूर्वमन्त्री पण्डित आफ्नै अडानमा छन्।

४० वर्षदेखि काठमाडौंमा डेरा बस्दै आएको बताउने उनी फेरि डेरा जीवनमा नै फर्किने बताउँछन्। मन्त्री पद खुस्किएदेखि नै उनलाई डेरा खोज्ने तनाव सरु भएको थियो।

'डेरा खोजिरहेको छ। सरसामान सबै पोको पारिसकेको छु। भेट्ने वित्तिकै एक दुई घण्टा भित्र नै मन्त्री निवास छोड्छू,' पूर्वमन्त्री पण्डितले भने।

मोरङ जिल्लाबाट प्रतिनिधिसभामा निर्वाचित पण्डित साइकल चढेर यात्रा गर्ने नेताका रुपमा पनि ब्रान्डेड थिए। साइकल चढेकै कारण नेपाली कांग्रेसका शीर्ष नेता डाक्टर शेखर कोइरालालाई उनले हराएका थिए। तर, त्यो छवी उनले टिकाउन सकेनन्। मन्त्री पण्डितले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा पेश गरेको सम्पति विवरणमा सवारी साधनमा पुरानो साइकल मात्र थियो। तर पछि उनले चढ्ने महँगो कार देखि श्रीमतीका नाममा रहेको सम्पत्ति विवरण सार्वजनिक हुँदा मानिसहरुको उनीप्रतिको सोच बदलिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell