PahiloPost

May 21, 2026 | ७ जेठ २०८३

विद्यार्थी नेता इन्द्रहाङ राई जेल चलान, यौन दुर्व्यवहारको अभियोगमा परेका थिए पक्राउ



पहिलोपोस्ट

विद्यार्थी नेता इन्द्रहाङ राई जेल चलान, यौन दुर्व्यवहारको अभियोगमा परेका थिए पक्राउ

काठमाडौं : युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले अनेरास्ववियुका विद्यार्थी नेता इन्द्रहाङ राईलाई अदालतले थुनामा पठाएको छ। जिल्ला अदालत काठमाडौंले बिहीवार उनलाई थुनामा पठाउन आदेश दिएको हो।

प्रहरीले गत असोज १२ गते १८ वर्षीया किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा राईलाई नियन्त्रणमा लिएको थियो।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश विनोदकुमार पोखरेलको इजलाशले बिहीवार उनलाई थुनामा पठाउने आदेश दिएको थियो।

'अदालतको आदेश अनुसार राईलाई थुनामा पठाइसकिएको छ,' महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी रमेशसिंहले भने। राईलाई केन्द्रीय कारागार सुन्धारामा राखिएको छ।

रत्नराज्य लक्ष्मी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनका सहसचिव तथा अनेरास्ववियुका केन्द्रीय सदस्य रहेका राईलाई यौन दुर्व्यवहारमा पक्राउ गरेपछि दुवै पदबाट मुक्त गरिएको छ।

राईले आफ्नै साथीकी बहिनीलाई गोकर्णेश्वर ६ स्थित आफन्तको कोठामा लगेर बलात्कार गरेको आरोप छ। प्रहरीले घटनास्थलबाट प्राप्त गरेको राईको विर्य समेत परीक्षण गरेको थियो।

अब राईले थुनामा नै बसेर मुद्धा लड्नु पर्नेछ। उनीमाथि लागेको आरोप पुष्टि भए १० वर्षभन्दा बढी कैद सजाय हुनेछ। खोटाङ स्थायी घर भएका राई हाल बुढानिलकण्ठमा डेरामा बस्दै आएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell