PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

दश दिनपछि सुरु भयो भद्रपुर विमानस्थल



रासस

दश दिनपछि सुरु भयो भद्रपुर विमानस्थल

भद्रपुर : झापाको भद्रपुर विमानस्थल १० दिनपछि पुनः आजदेखि सञ्चालनमा आएको छ। चन्द्रगढी नागरिक उड्डयन कार्यालयले विमानस्थलको धावनमार्ग मर्मतसँगै स्तरोन्नतिको कार्य सकिएपछि विमानस्थल आजदेखि सञ्चालनमा आएको जनाएको हो।
 

गत कात्तिक २६ गतेदेखि मङ्सिर ५ गतेसम्म मर्मत तथा स्तरोन्नतिका लागि विमानस्थल बन्द गरिएको थियो। विमानस्थलको एक हजार ५०० मिटर लम्बाइ र ३० मिटर चौडाइ रहेको धावनमार्ग १२ वर्षपछि मर्मत गरिएको चन्द्रगढी नागरिक उड्डयन कार्यालयका प्रमुख पूर्ण चुडालले बताए। उनका अनुसार सो धावनमार्गमा २० वर्षसम्म समस्या आउने छैन।

उनले धावनमार्ग मर्मत सम्भारसँगै स्तरोन्नतिका लागि रु १० करोड २३ लाख खर्च भएको बताए। विमानस्थलमा इन्धन सेवा, वारुणयन्त्र, धावनमार्ग विस्तार, भवनको स्तरोन्नतिलगायतका काम गरिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell